नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा अनिल झा

   २७ फाल्गुन २०७८, शुक्रबार १२:४३  

रौतहट, २७ फागुन । नेपाल बुद्धिजीवी परिषद् रौतहटको अध्यषमा अनिल झालाई सर्वसहमतीबाट चयन गरेको छ ।
नेपाल बुद्धिजिवी परिषद रौतहटको विहिवार गौरमा सम्पन्न भएको पाँचो जिल्ला अधिवेशनबाट अध्यक्षमा झालाई सर्बसहमतीबाट चयन गरिएको हो ।
नेपाल बुद्धिजीवी परिषद् रौतहटको भएको पाँचो जिल्ला अधिवेशन कार्यक्रममा प्रमुख अथितीमा नेपाल कम्यनिष्ट पार्टी एमालेका केन्द्रिय सदस्य तथा रौतहट जिल्ला ईन्चार्ज उपेन्द्र साह, अथितीहरु राजकिशोर यादव, मधेश प्रदेशको उप सचिव आरती भण्डारी र पूर्व सांसद महम्द अब्दुल कलाम अजाद, संविधान सभा सदस्य बबन सिंह, नेपाल बुद्धिजिवी परिषद्को केन्द्रिय सदस्य मधेश प्रदेश सदस्य चन्देश्वर बैठा, मधेश प्रदेश सदस्य तथा अनिल मिश्र, सर्लाहीको अध्यक्ष बलिराम पोखरेल, जिल्ला उप सचिव पलट चौधरी सहित २०० भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै