अनिल यादव र निमित्त कार्यकारी प्रमुख रामबाबु यादवको मिलोमतोमा गरिव जनताको घरमा जाने खाद्यान्न सामग्री झाझ खोलामा

   २७ फाल्गुन २०७८, शुक्रबार १३:३८  

गरुडा (रौतहट), २७ फागुन । कोरोना महामारीको समयमा खरिद गरेर गोदाममा थन्काइएको खाद्यान्न सामग्रीहरु कुहिएपछि गोप्य रुपमा गरुडा नगरपालिकाले झाझ खोलामा फालेका छन् ।
गरुडा नगरपालिकाले कोरोना महामारीको समयमा नगरका गरिव, असहाय, निमुखाहरुलाई वितरण गर्न अज्ञात स्थलमा भण्डारण गरिएका खाद्यान्न सामग्रीहरु कुहिएपछि दुई दिन तिन दिन रातिको समयमा दुई वटा ट्रेक्टरमा लोड गरेर झाझ खोलामा फालेको श्रोतले बताएका हुन् ।
श्रोतका अनुसार नगरका बासिन्दाहरु मस्त निन्द्रामा रहेको वेला दुई वटा ट्रेक्टरमा राखेर महम्मदपुर स्थित झाझ नदीमा फालेर आफनो गल्ती ढाकछोप गरेको ति श्रोतले बतायो । नगरपालिकामै कार्यालय सहायकमा कार्यरत मेयर इन्दुराय यादवको छोरा उनी स्वघोषित मेयरको रुपमा काम गर्दै नगरपालिकाको हेरक कामकाजमा उनकै मनमोताविक भईरहेको ति श्रोतले दाबी गरेको छ ।


नगरपालिका अगाडीको एक घरमा भण्डारण गरिएका खाद्यान्न सामग्रीहरु आफनो पायक पर्ने मानिसहरुलाई वितरण गरेर बाँकी रहेको सामानहरु गोदाममै थन्किदा कुहिएपछि खोलामा विर्सन गरिएको छ । यदी सम्बन्धित निकायले खोजविन गर्यो भने महम्मदपुर स्थित ब्यारेजको ढोका खोल्यो भने फालिएको बोराहरु फेला पर्ने समेत ति श्रोतले दाबी गरेको छ । यसरी जनताको करबाट आएको राजस्वलाई समेत जनप्रतिनिधिहरु यस्तो किसिमको गैर जिम्मेवारी पूर्ण कार्य गर्दा कसरी पत्याउने हो उनले प्रश्न चिन्ह समेत खडा गरेका छन् ।

गरुडा नगरपालिकाको निमित्त कार्यकारी प्रमुख रामबाबु यादव र मेयरपुत्र एवं आफूलाई गरुडा नपाको भावी मेयरको रुपमा प्रस्तुत गर्दै आएको अनिलकुमार यादव र जिन्सी प्रमुख विनोद दासले गरिव असहाय जनतालाई दुई छाक टार्ने बहानामा कमिशनको भरमा ल्याइएको कमसल एवं गुणस्तरहिन खाद्यान्न सामग्री गोदाममै कहिदै गएपछि उक्त कार्यको पोल खुलिहाल्छ भन्ने सोचबाट ओतप्रोत भई रातारात झाझ खोलामा फालेर चोखिन खोजेको तर गलत कार्य गर्ने व्यक्तिहरुको पहिचान भईहालिन्छ नि ति श्रोतले यसरी बताए ।

एका तिर जनताको करबाट संचित भएर आएको बजेट कुम्ल्याउने अर्को तिर जसपा नेपालबाट मेयरको निर्वाचन हेर्ने अनिल दिवास्वप्न हेरिरहेका छन् । गरुडा नपाको जनताहरु कुनै पनि अवस्थामा मुर्ख बन्दैनन, उनीहरु वर्तमान मेयर र उनका छोराको कार्यशैलीबाट पूर्ण रुपमा परिचित भईसकेको हुँदा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गरुडा नपाले काँचुलीलाई फाल्दै नयाँ नेतृत्वलाई स्वीकार्ने जनस्तरबाट आवाज उठेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै