why won't zoom connect on my laptop - why won't zoom connect on my laptop pinch-zoom-jquery free download zoom app instructions pdf zoom id download zoom join meeting id number free - zoom join meeting id number free

एनसेलद्धारा सुविधा सम्पन्न लैनचौर मैदानको पुनर्निर्माण

   २७ फाल्गुन २०७८, शुक्रबार १४:०७  

काठमाडौं, २७ फागुन । एनसेल आजियाटा लिमिटेडले व्यावसायिक एवं सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत लैनचौर मैदानको पुनर्निर्माण कार्य पुरा गरेको छ ।
संघिय राजधानी काठमाडौंको मुटुमा अवस्थित लैनचौरमा विभिन्न आधुनिक सुविधाहरु सहित पुनर्निर्माण गरेर स्तरोन्नती पश्चात काठमाडौ महानगरपालिका वडा नम्वर २६ लाई विहिवार एक समारोहका विच हस्तान्तरण गरिएको हो ।
आधुनिक परिवेश एवं सुविधाहरुलाई मध्यनजर राख्दै पुनर्निर्माण गरिएको लैनचौर मैदान सर्वसाधारणको लागि खुला गरिएका छन् । यो परियोजना पूर्ण रुपमा वडा नम्वर २६ र स्थानीय समुदायको सहकार्यमा डिजाइन गरेर स्तरोन्नती गरी पुनर्निर्माण गरिएको बताइएको छ ।
नवनिर्मित यस बहुद्देश्यीय लैनचौर मैदान खुला गरिएको अवसरमा गत शनिबार स्थानीय क्लब र एनसेल कर्मचारीब ीच मैत्रीपूर्ण फुटबल खेलको पनि आयोजना गरिएको थियो ।
५४ हजार ९२१ वर्गफिट क्षेत्रमा फैलिएको यो मैदानमा ७ ‘ए’ साइजको मिनी फुटबल मैदान हो । त्यसमा बास्केटबल कोर्ट, बालबालिकाको खेल्ने क्षेत्र, ५० वटा रूख, हरियाली क्षेत्र, परम्परागत स्थल, तीन ढुंगेधारा, सार्वजनिक शौचालय, सोलार बत्तीजस्ता सुविधा रहेका छन् । स्थानीय समुदाय र वडा नं. २६ को आग्रहमा एनसेलले लैनचौर मैदानको निर्माण र मर्मतसम्भारको जिम्मेवारी लिएको थियो । कम्पनीले आगामी २ वर्षसम्मका लागि मर्मतसम्भार गर्नेछ ।
अन्तर्राष्ट्रियस्तरको मैदानमा एस्ट्रोटर्फ बिच्छाई मिनी फुटबल मैदान बनाइएको छ । वातावरणीय पक्षलाई ध्यानमा राखी आवश्यक सबै प्रक्रिया अपनाएर एस्ट्रोटर्फ लगाइएको छ । टर्फमुनि जमिनका चारैतिरबाट ३ फिट व्यास र १० देखि १५ फिट गहिराइका १३ वटा इनार बनाइएका छन् । वर्षायाममा पानी रिजर्भका लागि सबै इनारमा जम्मा हुँदै बढी पानीमात्र मुख्य निकास मार्फत जाने व्यवस्था गरिएको छ । पानीको निकासका लागि उचित प्रबन्ध मिलाइएको छ ।
मैदानको स्तरोन्नतिले स्थानीय समुदाय तथा वातावरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ । एनसेलको सीएसआर अन्तर्गत मैदानको विकास तथा संरक्षणका लागि एनसेल र काठमाडौं महानगरपालिका वडा नं. २६ बीच गत वर्ष सम्झौता भएको थियो ।
“एक जिम्मेवार कर्पोरेट कम्पनीका रूपमा एनसेलले दिगो विकास र वातावरण संरक्षणलाई प्राथमिकताको सुचीमा राखी सामाजिक काम गर्दै आएको छ । एनसेलको यही प्रतिबद्धता अनुरुप स्वच्छ, स्वस्थ र सफा सहर निर्माणमा योगदान गर्दै यस बहुद्देश्यीय लैनचौर मैदानको पुनर्निर्माण गरेका हौं,” एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने ।
काठमाडौं महानगरपालिका वडा नं. २६ का अध्यक्ष ख्याम तिवारीले मैदान पुनर्निर्माणले आफूहरु सहित स्थानीयहरु झनै उत्साहित भएको प्रतिक्रिया दिए । “एनसेलको सहयोगमा यस किसिमको पहिलो बहुपयोगी खेल मैदान बनाउन सफल भएका छौं । एस्ट्रोटर्फ बिच्छ्याई बनाइएको आधुनिक मिनी फुटबल मैदानमा जुनसुकै मौसममा खेल खेल्न सकिन्छ र यसको मर्मत पनि निकै सजिलो छ,” उनी भन्छन्, “यो मैदान हाम्रो समुदाय र वडाका लागि ठूलो सम्पत्ति हो । एनसेलको पहलले सहरमा खुला ठाउँको संरक्षणमा ठूलो योगदान पु¥याएको छ ।”
जनवाचनालय र पुस्तकालय, लैनचौर युवा क्लबका वरिष्ठ उपाध्यक्ष तथा स्थानीय रामबहादुर रजक (रम्बा) ले मैदानको पुनर्निर्माण तथा उद्घाटनपछि उत्साह व्यक्त गर्दै भने, “पहिलेको धुले मैदान अब विभिन्न खेल खेल्न सकिने बहुद्देश्यीय मैदानको रूपमा परिवर्तित भएको छ । यहाँ मानिसहरु बिहान मर्निङ वाक गर्न सक्छन् । स्थानीय क्लबका युवा तथा नजिकका स्कुल÷कलेजका विद्यार्थीले खेल खेल्न सक्छन् । यस्तो मैदानले खेलको विकास तथा सफा र सुन्दर सहरको विकासमा टेवा पु¥याउँछ । यसका लागि हामी एनसेलप्रति आभारीको साथै कृत्तज्ञ छौं ।” उनले भने ।
जिम्मेवार कर्पोरेट नागरिकका रुपमा एनसेलले दिगो विकासका लक्ष्य (एसडीजी) अन्तर्गत शिक्षा र स्वास्थ्यका साथै वातावरण संरक्षण तथा जलवायु परिवर्तनलाई प्राथमिकतामा राखेर सामाजिक कार्य गर्दै आएको छ । औद्योगिक व्यवसाय नियमावली, २०७६ ले पनि व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत वातावरण संरक्षणलाई प्रमुख क्षेत्रको रूपमा राखेको छ ।
एनसेलले आफ्नो सामाजिक पहल अन्तर्गत स्थापना कालदेखि स्वास्थ्य, शिक्षा, वातावरण, प्रकोप रोकथाम तथा प्रतिकार्य र जीविकोपार्जनमा सहयोग लगायत क्षेत्रमा १.४२ अर्ब रुपैयाँभन्दा बढीको योगदान गर्दै सामाजिक तथा आर्थिक विकासमा सहयोग पु¥याएको छ । स्वास्थ्य, शिक्षा र वातावरण क्षेत्र सधैं एनसेलको प्राथमिकताको सूचीमा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै