रौतहट, २७ फागुन । काण्डै काण्डमा मुछिएका रौतहट इशनाथ नगरपालिकाको शिक्षा संयोजक माथि पुन ः अर्को काण्ड लागेको छ ।
शिक्षा संयोजक नन्दकिशोर गुप्ताले इशनाथ नपाको कार्यकारी प्रमुख बन्न उपमेयर हुस्नआरा खातुन र वडाध्यक्ष इद महम्मदको नक्कली हस्ताक्षर सहित कार्यपालिका बैठकको स्वघोषित निर्णय गर्दै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश गरेर निमित्त कार्यकारी प्रमुख बन्न सफल भएको हो ।
नगरपालिकामा उपसचिव खिमबहादुर भुजेल छदाछदै संघिय मन्त्रालयमा मन्त्रीको पिएको दवावमा उपसचिवलाई धपाएर शिक्षा संयोजक गुप्तालाई निमित्त कार्यकारी प्रमुख बनाएको खवर पाएपछि गुप्तालाई कार्यालयमा हाजिर नगराउने अडान राख्दै मेयर सन्तोष महता, उपमेयर खातुन सहितको कार्यकारी पदाधिकारीहरु संघिय राजधानी तर्फ लागे ।
शिक्षा प्रमुख गुप्ताद्धारा पेश गरिएको किर्ते कागजकै भरमा मन्त्रालयले फागुन २३ गते संयोजक गुप्तालाई निमित्त प्रमुखको जिम्मेवारी तोकेको नगरप्रमुख सन्तोष मेहताले बताए । “किर्ते गर्नेविरुद्ध कानुनी बाटो अपनाएका छौ,” “प्रमुख बन्न मरिहत्थे गर्ने गुप्तालाई कानुनी प्रक्रिया कस्तो हुन्छ यसको उचित दण्ड सजाय दिलाएर मात्रै आफू विश्राम लिने” मेयर मेहताले चेतावनी दिए ।
“नगरपालिकामा उप सचिव राख्ने कानुनी प्रावधान भएको अवस्थामा दुई महिनामै अधिकृत भुजेलको सरुवा कसरी भयो भनेर मन्त्रालयमै गएर बुझ्दा सबै नक्कली हस्ताक्षर गरेर मन्त्रालयलाई समेत गुमराहमा पारको रहेछ, त्यही कारणबाट गुप्ताविरुद्ध प्रहरीमा किर्ते जाहेरी शुक्रवार जिल्ला प्रहरी कार्यालय रौतहटमा दिने छौ,” उनले थपे ।
पछिल्लो समय स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत ल्याउन कार्यपालिकाको बैठकको निर्णयसहित सिफारिस पत्र पठाउने र सोही आधारमा मन्त्रालयले पनि जिम्मेवारी तोक्दै आएको थियो । गुप्ताले आफूले कुनै किसिमको किर्ते नगरेको दाबी गरे ।
यहीबीच कार्यपालिकाको बैठक नै नबसेको र शिक्षा संयोजक गुप्ताले नक्कली हस्ताक्षर गरेको उपप्रमुख हुसने आराले बताइन् । नगर प्रमुखको अध्यक्षतामा पालिकाको बैठक बस्दै आएको छ । पछिल्लो समय बैठक बस्न सकेको छैन, उनले भनिन्, मेरो नक्कली हस्ताक्षर गरेर गुप्ताले बैठक सम्पन्न भन्ने कागज मन्त्रालयमा पेस गरेको रहेछ । यो सबै किर्ते काम गरेको भनिन ।
गुप्ता तत्कालिन जिल्ला शिक्षा कार्यालय रौतहटमा कार्यरत रहदा उनी माथि सिएलसीमा लाखौं रुपैया गमन गरेको आरोप लागेको निकै दिन पछि उक्त रकम चुक्ता गरेको थियो । करिले गौर, कहिले दुर्गा भगवती तथा पटक पटक इशनाथमा कार्यकारी प्रमुख बन्ने र झर्ने गुप्तालाई बानी नै परिसकेको छ । गुप्ताको घर पनि इशनाथ नपामा रहेको उनको घरकै सदस्य एउटा वडाको अध्यक्ष समेत रहेको हुँदा इशनाथ नपालाई गुप्ताबाट उन्मुक्ति पाउन गाह्ै रहेको श्रोतको दाबी छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन