लुटको प्रवृतिलाई छुट नदिने ः नेकपा एसको अध्यक्ष नेपाल

   २८ फाल्गुन २०७८, शनिबार १८:३०  

मत्सरी (रौतहट), २८ फागुन । नेकपा एकिकृत समाजवादी पार्टीको राष्ट्रिय अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारी, कमिशनखोर, अराजकता मचाउने प्रवृतिको अन्त्य गर्दै नयाँ नेपाल समुन्नत नेपाल बनाउने अभियानमा अघि बढ्नुपर्ने बताए ।
रौतहटको दुर्गा भगवती गाउँपालिकाको मत्सरीमा नेकपा एसद्धारा आयोजित वृहद पार्टी प्रवेश कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै अराजकता मचाउन थालेपछि नेकपा एमालेबाट अलग भई नयाँ पार्टी निर्माण गरेर शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गराएर अराजकताबाट मुलुकलाई मुक्ति दिलाउनु परेको हो ।
सुर्यमा ग्रहण लागिसकेपछि ओलीलाई छाडेर जनप्रयि, वुद्धिजिवि, लोककल्याणकारी पार्टीको गठन गर्ना साथ देशको ७७ जिल्लामा संगठन विस्तार गरिएको स्पष्ट पार्दै अध्यक्ष नेपालले जनतालाई लुट्ने, भ्रष्टाचारी, अराजकता मचाउने व्यक्तिबाट मुलुकलाई केही नहुने त्यस्तालाई “लुटको प्रवृतिलाई छुट वर्तमान सरकारले नदिने” स्पष्ट पारे ।
महिलाहरुको हकमा सुनौलो भविष्यको उदय हुँदैछ, समान अधिकार, सिपको व्यवस्थापन सहितको जीविकोपार्जनको लागि नेकपा एसद्धारा सकारात्मक कदम चालिरहेको बताए । वेरोजगार जनताहरु वैदेशिक रोजगारमा जाँदा सिपको अभावको कारण अनावश्यक झै झण्झट हुने गर्दा वर्तमान सरकारको श्रम तथा रोजगार मन्त्रालयले गाउँ गाउँमा सिपको व्यवस्थापन गराएर निशुल्क भिषा र टिकटको व्यवस्थापन निकट भविष्यमा नेकपा एसले गर्न लागेको प्रतिबद्धता जनाए ।
स्थानीय तह सहित प्रदेश र संघिय निर्वाचनमा माओवादी, जसपा संग सहकार्यको लागि छलफल भईरहेको बताउदै काँग्रेसलाई पनि छलफलमा समावेश गरिएको छ, गठबन्धनमा कति दलको सहकार्य हुनेछ त्यो आउदो समयले देखाउने छ ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले आफनो भाषणको अधिकाँश समय नेकपा एमालेको अध्यक्ष केपी ओलीलाई लक्ष्ति गरेका थिए । केपी ओली जस्ता प्रवृतिको कारण मुलुक निकै कठिन घडिबाट गुजे्रर पार बल्लतल्ल पाएको हुँदा आउदो निर्वाचनमा ओली प्रवृतिलाई परास्त गरेर नयाँ नेपाल सृजना गराउने नेकपा एसको पक्षमा मतदान गर्न समेत उनले नेपाली जनता संग आग्रह गरे ।
सो कार्यक्रमममा श्रम रोजगार मन्त्री किसान श्रेष्ठले आफू मन्त्री भएदेखि नै वैदेशिक रोजगारमा गएका व्यक्तिहरुलाई ठगी गर्ने, श्रम शोषण गराउने खालका प्रवृतिलाई अन्त्य गर्ने तथा तिनीहरुलाई झुक्याउने मैनपावर कम्पनी विरुद्ध कारवाही प्रक्रिया सरकारले चलाएको बताए ।
एमसीसीकै विषयमा धेरै बखेडा गरियो तर नेकपा एसकै कारण १२ बुंदे व्याख्यात्मक शर्तको साथ सदनबाट पारित गरिदा पार्टी प्रति जनतामा उत्साह एवं विश्वास बढेर गएको हुँदा पार्टीको संगठनलाई विस्तार गरी आउदो निर्वाचनमा कलम छापको उम्मेदवारको पक्षमा मतदान गरेर पार्टीलाई मजबुती प्रदान गर्न अपिल गरे ।
सो कार्यक्रममा स्थायी समिति सदस्यद्धय रामचन्द्र झा, डा. बंशिधर मिश्र, मधेश प्रदेशको वन राज्य मन्त्री नागेन्द्र राय यादव, महिला नेतृ सरला यादव, युवा समाजसेवी एवं गौर नपाको मेयर पदको उम्मेदवार शम्भु साह कानु, नवीन झा, विरेन्द्र शाह, मितेश मिश्रा, सहितका नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । युवा अभियनता राजन साहले उदघोषण गरे ।
नेकपा एमाले छाडेर आएको युवा नेता रौशन झाको नेतृत्वमा करिव २ सय कार्यकर्ताहरु एकिकृत समाजवादी पार्टीमा प्रवेश गरेपछि अध्यक्ष नेपालले माला अविर लगाएर स्वागत गरे ।
यसैगरी माधवनारायणको गढोमा रहेको प्राथमिक विद्यालयको नव निर्मित भवनको शिलान्या गरे । वृन्दावनको हर्षाहामा आयोजित नेपाल शिक्षक संगठनको भेलालाई समेत सम्बोधन गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै