स्वतन्त्र तिब्बत विद्रोह दिवसको अवसरमा तिब्बती र नेपाली समर्थकहरूले जुलुस निकालेका छ्न। स्वतन्त्र तिब्बतको माग गर्दै उनीहरूले बिजुलीबजारबाट माइतीघरसम्म जुलुस निकालेका थिए।
त्यस्तै, तिब्बती शरणार्थीप्रति ऐक्यबद्धता जनाउन नेपाली समर्थकहरू गौशालामा समेत शान्तिपुर्ण प्रदर्शन गरेका थिए ।
उनीहरुले तिब्बतमा मानवअधिकारको रक्षाको माग गर्दै सो रैली निकालेका हुन। उनीहरूले नेपाल-चीन बीचको मित्रतापुर्ण सम्बन्धको साथै नेपाल तिब्बतीको हकहितको पक्षमा रहेको सन्देश प्रबाह गरेका छ्न।
चीनले तिब्बतलाई चिनियाँ मुख्य भूमीमा मिलाएदेखि नेपालमा हजारौंको संख्यामा तिब्बती शरणार्थीहरू बसोबास गर्दैआईरहेका छ्न। उनीहरूलाई नेपाल सरकारले शिक्षा, स्वास्थ र रोजगारीको हक प्रदान गर्दै आईरहेको छ। नेपाली नागरिकको तहमा पनि तिब्बती शरणार्थीहरूलाई सहज जिवनयापनको सहयोग हुँदै आइरहेको छ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन