पद बहाली संग उर्जा मन्त्री रायमाझीले मुलुकलाई समृद्ध बनाउन एमसिसि लागु गर्नुपर्ने

1002 Shares

 

काठमाण्डौं, १२ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले आईतवार पद बहाली गरेका छन् ।
पद बहाली गर्दै मन्त्री रायमाझीले लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए । उनले भने, ’हामी ऊर्जामा अझै पनि आत्मनिर्भर हुन सकेका छैनौं तर पनि निर्यातको क्षेत्रमा अगाडि बढिरहेका छौँ, देशको विकास र समृद्धिलाई अगाडि बढाउन ऊर्जा क्षेत्रका सम्भावनालाई अगाडि बढाउनु प्रतिक्रिया दिए ।’
मन्त्री रायमाझीले आगामी दिनमा ऊर्जा उत्पादन र खपत बढाउँदै जाने योजना सुनाए । उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सँग सम्बन्धित विषय देशको पक्षमा रहेको बताउँदै त्यसबारे विवाद सिर्जना गर्नेभन्दा पनि कार्यान्वयनको पक्षमा सहयोग गर्न आग्रह गरे ।
सिँचाइको क्षेत्रका सम्भावनालाई केलाउँदै योजना बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । मन्त्रालयका सचिव मधुसुदन अधिकारीले मन्त्रालयको काम कारबाही बारे मन्त्रीलाई जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित समाचार