सप्तरीको कृष्णासावरण गापामा आगलागी, १३ घर पूर्ण रुपमा नष्ट

   २९ फाल्गुन २०७८, आईतवार १५:१३  

सप्तरी, २९ फागुन । कृष्णासावरण गाउँपालिका वडा नम्वर ४ टेंगरीमा शनिवार मध्य राति ठूलो आगलागी भएको छ ।
सप्तरी जिल्लाको कृष्णासावरण गापा ४ टेंगरी स्थित डक्बर यादवको घर अगाडी राखेको रुखको पातमा एक्कसी गएराति आगलागी हँुदा १३ घर पूर्ण रुपमा जलेर नष्ट भएको हो ।
गएराति सबै सुतिसकेको अवस्थामा गाउँमा भएको आगलागीबाट डम्बर यादव, श्यामकुमार यादव, दिनेशकुमार यादव, मनोजकुमार यादव, फुलदेव यादव, महेशकुमार यादव, बृजनारायण यादव, महेश यादव, भोला यादव, अमरेन्द्र यादव, धिरज यादव सहित १३ जनाको घर जलेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएका छन् ।
भिषण आगलागीमा परेर ९ वटा बाख्रा जलेको छ । प्रहरीका अनुसार दिनेश यादवको ४ वटा र फुलदेव यादवको ५ वटा बाख्राको जलेर मृत्यु भएको छ । आगलागीले लाखौंको क्षति भएको प्रारम्भिक अनुमान गरिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
मध्यरातमा भएको आगलागी राजविजराजमा रहेको प्रहरी तालिम केन्द्र, हनुमाननगर कंकालिनी र शम्भुनाथ नगरपालिकाबाट गएको बारुण यन्त्रले बिहान ५ बजेतिर आगोलाई नियन्त्रणमा लिएको सप्तरी प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै