निगमले घाटा वेहोर्न सक्दैनन्, उपभोक्ताहरु आफै पेट्रोलको खपत घटाउनु पर्छ

302 Shares

रुस–युक्रेन युद्धका कारण यतिबेला कच्चा तेलको मूल्य एक दशक यता कै उच्च बिन्दुमा पुगेको छ । सबै प्रकारका इन्धनको मूल्य खरिद बिन्दुमै बढेको नेपाल आयल निगमको भनाइ छ । बढ्दो मूल्यका कारण आर्थिक वर्षको ७ महिनामै २८ अर्ब नोक्सानीमा गएको दाबी पनि निगमको छ ।
यहीबेला घट्दो रेमिट्यान्स् र बढ्दो आयातका कारण मुलुकको अर्थतन्त्र गम्भिरता अवस्था तर्फ उन्मुख भएको भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ । बुधबार प्रतिनिधिसभाको उद्योग समितिले आयल निगमका अधिकारीहरुलाई बोलाएर इन्धन आयातको परिमाण नै घटाउन र स्वदेश भित्र पनि कोटामा इन्धन बिक्री गर्न निर्देशन दिएको छ ।
यही पृष्ठभूमीमा निगमको अवस्था, इन्धन आपूर्तिको सुनिश्चिता र अवको बाटो के हुन्छ निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईसँग गरेको कुराकानीको आधारमा तयार पारिएको अंश ः

नेपाल आयल निगमले अहिले तोकेकोे इन्धनको बिक्री मूल्य कच्चा तेलको भाउ कति हुँदाको हो ?

अहिले हामीले निर्धारण गरेको इन्धनको खुद्रा बिक्री मूल्य कच्चा तेलको मूल्य प्रतिब्यारेल ९५ डलर हुँदाको हो । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्यपछि हामीले भ्याएसम्मको अधिकार प्रयोग गरेर उपभोक्ताको हित हुनेगरी मूल्य निर्धारण गरेका हौं । त्यसयता पनि मूल्य निकै आकासिएको छ ।

मूल्य बढाएर बिक्री गर्दा पनि निगमलाई नोक्सानी छ हो ?

बढेको मूल्यमा पनि निगमलाई १५ दिनमा साढे दुई अर्ब रुपैयाँ नोक्सानी हुन्छ । महिनामा ५ अर्बको नोक्सानीमा रहेको निगम अन्तर्राष्ट्रिय परिस्थितिका कारण झन् पिरलोमा परेको छ । अब मासिक कति अर्ब नोक्सानीमा जान्छौं भन्ने अनुमान लगाउन सकेका छैनौं ।
अहिले हामीलाई डिजेलमा प्रतिलिटर ११ रुपैयाँ घाटा छ । यस्तो घाटा १५ दिनमा १ अर्ब हुन्छ । यस्तै पेट्रोलमा ५६ करोड र ग्याँसमा १५ दिनमा एक अर्ब २६ करोड नोक्सानी छ ।

केही प्रडक्टमा कुस्त नाफा कमाएको भन्ने पनि छ नि ?

अहिले हामीलाई हवाई इन्धन र मट्टितेलमा नाफा छ । तर, नाफा भएको प्रडक्टको बजार र बिक्री निकै सानो छ । जम्मा नाफा ३१ करोड छ भने घाटा अढाइ अर्ब छ । अन्तर्राष्ट्रिय वायुसेवालाई बिक्री गर्ने हवाई इन्धनमा १५ दिनमा २४ करोड र आन्तरिकमा ६ करोड तथा मट्टितेलमा १ करोड रुपैयाँ नाफा छ । तर, नाफाको तुलनामा घाटा निकै धेरै छ ।

२०२१ को सुरुदेखि नै निगम घाटामा गएको भन्ने सुनिन्थ्यो । चालु आवको घाटा चाहिं कति छ ?

साउनदेखि फागुन अन्तिमसम्म आइपुग्दा निगमको नोक्सानी २८ अर्ब रुपैयाँ भन्दा बढी पुगेको छ । कुल नोक्सानीको आधा हिस्सा ग्याँसको मात्रै छ । साउनयता ग्याँसमा मात्रै १५ अर्ब रुपैयाँ नोक्सानी छ । ग्याँसमा प्रतिसिलिण्डर ६६५ रुपैयाँ नोक्सानी छ ।

मूल्य बढेको बढ्यै छ, बढ्ने अनुमान पनि भएको थियो । सस्तो भएकै बेला भण्डारण बढाएको भए उपभोक्ता मूल्य बढाउन पर्ने अवस्था आउँदैनथ्यो होला नि ?

भण्डारणलाई उच्च क्षमतामा प्रयोग गरेका छौं । पूर्ण क्षमतामा ७ करोड लिटर पेट्रोलियम भण्डारण गर्न सक्छौं । अहिले हामीसँग साढे ५ करोड लिटर अर्थात् क्षमताको ८५ प्रतिशत मौज्दात (भण्डारण) छ । खपत उच्च भएका कारण यो भण्डारण केही दिनका लागि मात्रै हुन्छ । त्यसैले, कति दिन धान्छ भन्ने प्रश्न नगर्नु भए हुन्छ ।

अहिले निगमले दैनिक गर्ने आयात र खपत कति छ ?

हाम्रो बजारको दैनिक खपत पेट्रोल २० लाख लिटर, डिजेल ६० लाख लिटर छ । ग्याँस मासिक एक लाख १५ हजार सिलिण्डरभन्दा बढी छ । बजारको दैनिक मागअनुसार नै आयात गरिने हो ।

निगम तेल किन्नै नसक्ने अवस्थामा पुगेको चर्चा हुन थालेको छ । आपूर्ति अवस्था बिग्रिने अवस्था आएको हो त ?

निगम आर्थिक हिसाबले अहिले निकै जटिल मोडमा पुगेको साँचो हो, तर तेल किन्नै नसक्ने अवस्था पक्कै होइन । हामीले ८ मार्चमा साढे १४ अर्ब हाराहारी रकम आईओसीलाई ति¥यौं । अब २३ तारिखमा बुझाउनु पर्छ ।

अहिलेको अवस्था अनुमान गरेभन्दा निकै गम्भीर हो । महिनाको १० अर्ब रुपैयाँ नोक्सानी भयो भने त मूल्य समायोजन पनि गर्ने अवस्था रहन्न । हामीले निगम चलाउन अहिलेसम्म प्रयोग गरेको संयन्त्रले नै अब काम नगर्ने भयो ।
हरेक पटकको भुक्तानी कसरी गर्ने भन्ने चिन्ताले सताउन थालेको छ । ८ मार्चको भुक्तानी पनि बिक्रीको रकमले नपुगेर स्थिरीकरण कोषबाट लियौं । २३ तारिखमा भुक्तानी कसरी गर्ने भन्ने तनाव छ । फेरि ८ अप्रिलमा पैसा तिर्न सक्ने अवस्था छैन । प्रत्येक महिना ४ अर्बदेखि ५ अर्ब रुपैयाँ नपुग्ने अवस्था छ । अब बढेको मूल्यअनुसार नयाँ मूल्य आएपछि कसरी तिर्ने होला भन्ने छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य कति बढ्दा हाम्रोमा कति बढ्छ ?

अहिले अन्तर्राष्ट्रिय बजारम कच्चा तेलको मूल्य १२० देखि १२५ डलरको बीचमा बसेको छ । कच्चा तेलको मूल्य एक डलरले बढ्दा मासिक रुपमा नेपालबाट बाहिरिने रकम पनि २५ देखि ३० करोड रुपैयाँसम्मले बढ्छ । एक महिनाको बीचमा करिब २५ डलरले मूल्य बढेको छ । यो भनेको थप ५ अर्बदेखि ६ अर्ब रुपैयाँ नोक्सानी थपिने अवस्था छ । १५ दिनमै निगम अब १२ अर्ब रुपैयाँ नोक्सानीमा जान सक्छ ।

यत्रो दबाब धान्न सक्ने अवस्थामा निगम छ ?

अहिलेको अवस्था अनुमान गरेभन्दा निकै गम्भीर हो । महिनाको १० अर्ब रुपैयाँ नोक्सानी भयो भने त मूल्य समायोजन पनि गर्ने अवस्था रहन्न । हामीले निगम चलाउन अहिलेसम्म प्रयोग गरेको संयन्त्रले नै अब काम नगर्ने भयो ।

यो भनेको खरिद र बिक्रीको आधारमा मूल्य समायोजन गर्ने, नपुगे स्थिरीकरण कोष चलाउने अवस्थाले अब नधान्ने देखियो । अब १६ मार्चमा आउने नयाँ मूल्यले अझै चपेटामा पार्छ । हामीले निगम बोर्ड, मन्त्रालय, ससदीय समिति हुँदै विभागीय मन्त्रीको हिसाबले प्रधानमन्त्रीज्यूसम्मलाई यो विषय ब्रिफिङ गरेका छौं । सरकारले सघाउने भनेको छ ।

निगमले इन्धन बिक्रीमा कोटा प्रणालीको तयारी थालेको भन्ने सुनियो । संसदीय समितिले पनि त्यस्तै निर्देशन दिएछ । अब के हुन्छ ?

यो विषयमा निगम बोर्डमा छलफल भएको थियो । संसदीय समितिले पनि भनेको हो । तर, कार्यान्वयन कसरी गर्ने भन्ने अन्योल छ । पेट्रोल, डिजेललाई छुट्टै हिसाबले र एलपी ग्याँसमा छुट्टै कसरी गर्ने भन्ने छ । यो जटिल पनि छ ।
मुख्यतः हामीलाई महँगीमा खपत घटाउनुपर्छ भन्ने लागेको हो । तर, त्यो कसरी भन्ने छ । पेट्रोलमा जोर–बिजोर लगाउँदा खपत कति घट्छ भनेर अध्ययन भएको छैन । त्यसैले, यो तत्काल चाल्ने कदम होइन ।

त्यसअघि केही विकल्प निगमले सोचेको छ ?

मूल्य बढाएरै उपभोक्तालाई कम खपत गर्नुस् भन्ने अवस्था आउन सक्छ । त्यसले पनि इन्धन आयातको भुक्तानी नधाने वाणिज्य बैंकरुहसँग ऋण लिने भन्ने कुरा छ । यी सबै उपायबाट केही नलागे कम खपतका सबै विकल्पमा जाने हो ।

भनेपछि अब इन्धनको उपभोक्ता मूल्य बढ्छ ?

महँगोमा इन्धन प्रयोग गर्न हुन्न भन्ने चेत अब उपभोक्तालाई हुनुपर्छ । अहिले १६६ परिसकेको पेट्रोलको हाम्रो लागत नै १८० सम्म पुग्ने देखिन्छ । यस्तो अवस्थामा उपभोक्ताले खपत घटाउनुपर्छ ।

उपभोक्तालाई कस्दै निगमका कार्मचारी र व्यवसायीलाई लाभ दिन सुहाउँछ ?

निगम गम्भीर संकटमा भएको बेला हामी सबैले योगदान गर्नुपर्छ । उपभोक्ता, सरकार वा कुनै एक पक्षलाई मात्रै मारमा पारेर अर्को पक्षले कमाउने वा रमाउने भन्ने हुँदै हुन्न । त्यसैले सञ्चालक समितिबाट निर्णय गरेर व्यवसायीको कमिसन र निगमका कर्मचारीको सुविधा कटौती गरेका छौं । कर्मचारीको ट्रेड युनियनले यसमा सहजीकरण र सहयोग गर्ने भनेको छ । पेट्रोलियम व्यवसायीलाई पनि आन्दोलन नगर्न सम्झाएका छौं । उपभोक्ता, निगम र सरकार अप्ठ्यारोमा परेका बेला व्यवसायीले पनि सहयोग गर्नु पर्छ ।

(अनलाईन खवरबाट साभार गरिएको)

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।