download zoom for pc zoom conference app for windows zoom app download free windows 10 - zoom app download free windows 10 download old zoom version zoom download for windows 10 64 bit filehippo install zoom free app download zoom cloud meeting app for pc can't download zoom

जहाज चार्टड गरेर काठमाण्डौ छिरे चिनियाँ प्रतिनिधि मण्डल

   १२ पुष २०७७, आईतवार १५:००  

काठमाण्डौं, १२ पुस । नेपालमा राजनीतिक संकट गहिरिँदै गएका बेला उत्तरी छिमेकी राष्ट्र चीनको सत्तारूढ चिनियाँ कम्युनिष्ट पार्टीको एक प्रतिनिधि मण्डल काठमाडौंमा ओर्लिए संगै राजनितिक वृतमा हलचल मचेको ।
त्रिभुवन विमानस्थल स्रोतका अनुसार एयर चाइनाको जहाज चार्टर्ड गरेर चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वको चार सदस्यीय टोली आइतबार दिउँसो साढे १ बजेतरि काठमाडौं ओर्लिएको हो ।
नेपाल र चीनबीच अहिले व्यावसायिक उडान सञ्चालन भइरहेको भए पनि उक्त टोली सिचुवान प्रान्तको राजधानी छेन्दुबाट जहाज चार्टर्ड गरेर काठमाडौं आएको बताइएको छ । काठमाडौं ओर्लिएसँगै चिनियाँ कम्युनिष्ट पार्टीको टोली बालुवाटार स्थित चिनियाँ दूतावास गएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेपालमा उत्पन्न राजनीतिक परिस्थिति बारे बुझ्न उक्त टोली काठमाडौं आएको हो । काठमाडौं स्थित चिनियाँ राजदूतावासले चिनियाँ टोलीको भेटघाटका लागि नेकपाका शीर्ष नेताहरू सँग समय मिलाइरहेको स्रोतले दाबी गरेको छ । चिनियाँ टोलीको भ्रमणबारे परराष्ट्र मन्त्रालयले भने औपचारिक रूपमा जानकारी दिएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै