सयौं कार्यकर्ताहरु एमालेमा प्रवेश, एमालेको विकल्प नरहेको ः स्थायी समिति सदस्य प्रभु साह

   ३० फाल्गुन २०७८, सोमबार १७:०२  

माधोपुर (रौतहट), ३० फागुन । रौतहटको माधवनारायण नगरपालिकाको माधोपुर बजारमा नेकपा एमालेको एकता नगरअधिवेशन आईतवार सम्पन्न भएको छ ।
एकता नगरअधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमालेको स्थायी समिति सदस्य प्रभु साहले स्थानीय तहमा देखिएको विकृति विसंगतीलाई चिर्दै समुन्नत नगर बनाउने एकमात्र पार्टी एमाले रहेको हुँदा आउन लागेको स्थानीय तहको निर्वाचनमा एमालेको विकल्प नरहेको स्पष्ट पारे ।
वर्तमान सरकारको कार्यशैलीबाट आजिज भईसकेको नेपाली जनताहरु मुलुकमा परिवर्तन गर्न आतुर रहेको छ । एमालेको पक्षमा तराई मधेशको जिल्लामा ओर्लिदै गएको जनलहर देखेर सत्तारुढ गठबन्धनलाई निद्रा भंग भएको बताउदै स्थायी समिति सदस्य साहले जनजनको मन मस्तिकर्षमा एक मात्र एमाले पार्टी बसेको हुँदा स्थानीय निर्वाचन होस वा प्रदेश र संघिय निर्वाचन किन नहोस एमालेको कुनै विकल्प नरहेको प्रष्ट पारे । नेकपा एकिकृत समाजवादी, नेपाली काँग्रेस, लोसपा, जसपा लगायत विभिन्न पार्टी परित्याग गरेर आएको ५०० सय भन्दा बढिलाई एमालेमा स्वागत गर्दै पार्टी संगठनलाई सुदृढ पार्न शुभकामना साहले दिए ।
सो कार्यक्रममा केन्द्रीय सदस्य उपेन्द्र साह, संविधान सभाको सदस्यद्धय बबन सिंह र अब्दुल कलाम आजाद, मौलापुरको मेयर रिनाकुमारी साह, माधवनारायणको उपमेयर सिमल साह, युवा नेता अनिल मिश्र, पार्टीको मधेश प्रदेशको उपसचिव किरण भण्डारी, लेखासमिति सदस्य राजकिशोर यादव, लगायतका नेताहरुले रौतहट २००७ साल देखि नै क्रान्तिकारी भुमिको रुपमा परिचित रहेको हुँदा आउदो जुनसुकै निर्वाचनमा एमालेको परचम रौतहटमा लहराउने प्रतिबद्धता जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै