श्रोत नखुलेको १२ लाख नगद सहित २ भारतीय नागरिक पक्राउ

1678 Shares

रौतहट, १२ पुस । सिमापारी भारतबाट ल्याउदै गरेको अवस्थामा श्रोत नखुलेको १२ लाख नेपाली नगद सहित दुई जना भारतीय नागरिकलाई रौतहटले प्रहरीले नियन्त्रणमा लिएका छन् ।
गौर नगरपालिका वडा नम्वर ४ भएर गस्तीमा रहेका प्रहरीलाई शनिवार साँझ साढे ६ बजेको समयमा शंका लाग्दा चेक जाँच गर्ने क्रममा उक्त रकम सहित दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका हुन् ।


गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल आउदै गरेका भारत विहार राज्य पुर्वी चम्पारणको फुलबरिया वस्ने बर्ष ४० का ललन कुमार र सोही स्थानका बर्ष २३ को रोहित जैसवालले बोकेको हैण्ड ब्याग खोली चेकजाँच गर्दा दुबै व्याग भित्रबाट भारतबाट ल्याएको स्रोत नखुलेको नेपाली ६÷६ लाख गरी १२ लाख रुपैया संगै दुबैलाई नियन्त्रणमा लिएको रौतहट प्रहरीका एसपी सिद्धीविक्रम शाहले जानकारी दिए ।
प्रहरी हिरासतमा रहेका दुवै जना संग आवश्यक अनुसन्धान गरी कारवाहीको लागि आज गौर भन्सार कार्यालयमा नगद सहित बुझाइएको उनले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार