download zoom cloud recording from link download zoom 5.0 zoom meeting download for free on hp laptop - zoom meeting download for free on hp laptop zoom app api install zoom for all users of a computer - install zoom for all users of a computer zoom download for students

सगरमाथ इन्स्योरेन्स कम्पनीद्धारा एम्बुलेन्स हस्तान्तरण

   ३० फाल्गुन २०७८, सोमबार १७:२६  

काठमाडौं, ३० फागुन । सहज रुपमा विरामीहरुलाई लैजाने ल्याउनको लागि सगरमाथा इन्स्योरेन्स कम्पनीद्धारा उदयपुरको त्रियुगा नपाको देउरी स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
उदयपुर सिमेन्ट उद्योग र देउरी स्वास्थ्य चौकीको संयुक्त व्यवस्थापनमा संचालन गर्ने गरी सगरमाथा इन्स्योरेन्स कम्पनीले उक्त स्वास्थ्य चौकीको पुनर्निर्माण गुर्नका साथै एक थान एम्बुलेन्स खदिका लागि १५ लाख रकम उपलब्ध गराएका थिए ।
त्रियुगा नपा वडा नम्वर ५ स्थित स्वास्थ्य चौकीमा दुई अघि आयोजित एक कार्यक्रममा सगरमाथा इस्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले देउरी स्वास्थ्य चौकीलाई एक थान एम्बुलेन्सको साँचो नगरपालिकाको कार्यकारी प्रमुख बलदेव चौधरीलाई हस्तान्तरण गरिएको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सो कार्यक्रममा कम्पनीको प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले कम्पनी सामाजिक उत्तरदायित्वलाई बोध गर्दै मानविय सेवामा हरदम, हरपल समर्पित रहेको प्रष्ट्याउदै त्यस क्षेत्रका बासिन्दाहरुलाई आपतकालिन स्वास्थ्य सेवालाई मध्यनजर राख्दै एम्बुलेन्स सेवालाई सहज बनाउने उद्देश्यबाट उदयपुर सेमेन्ट उद्योगको अनुरोधमा एम्बुलेन्स उपलब्ध गराइएको स्पष्ट पारे ।
हस्तान्तरण गरिएको एम्बुलेन्सबाट यस भेगको वरिपरीका बासिन्दाहरुलाई स्वास्थ्य सेवा लिन सहज हुन् धारणा व्यक्त गरे । वीमा समवृद्धिको आधार रहेको र नेपालमा बीमा शुल्क सोचे जस्तो महगो नभएको र बीमाको पहँुच सर्वसुलभ बनाउन सरकारले कृषि तथा पशुपंछी बीमाका लागि ८० प्रतिशत अनुदान दिएको जानकारी गराउदै बीमाको प्रचार प्रसारमा जोड दिन आवश्यक रहेको उनले भने ।
सो एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा उदपुर सिमेन्ट उद्योग लिमिटेडका महाप्रबन्धक गोपिकृष्ण न्यौपानेले देउरी स्वास्थ्य चौकीलाई एम्बुलेन्स र प्रयोगशालाई आवश्यक पर्ने प्राविधि जनशक्तिको व्यवस्थापन गर्नका निमित्त सात लाखको चेक हस्तान्तरण गरे । महाप्रबन्धक न्यौपानेले यस क्षेत्रमा एम्बुलेन्सको अभाव रहेको हुँदा सगरमाथा इन्स्योरेन्स कम्पनी संग आग्रह गर्दा कम्पनीले देखाएको सदाचारिता प्रति आभार व्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै