सर्लाही, ३० फागुन । नेपाली काँग्रेस सर्लाहीको जिल्ला अधिवेशनमा चरम विवाद पनि भयो, मतदान पनि भए नजिता पनि शनिवार राति छलंग भएको छ ।
नेपाली कांग्रेस सर्लाहीको १४ औं जिल्ला अधिवेशनबाट सभापतिमा सुरेन्द्र प्रसाद सिंह निर्वाचित भएको हो । सिंहले अर्का सभापतिको प्रत्यासी लक्ष्मण राय भन्दा ३८० मतको अन्तरबाट सर्लाही जिल्लाको सभापतिमा निर्वाचित भए । एकजना बाहेक सिंह प्यानलका सम्पूर्ण उम्मेदवार विजयी भएका छन् । राय प्यानको एक मात्र उपसभापतिमा नवीन अधिकारी विजयी भएको जानकारी प्राप्त भएको छ ।
३ हजार २७५ मतदाता मध्ये ३ हजार १७४ मतदाताले मत खसेका थिए बदर बाहेक सिंहले १ हजार ७५८ मत ल्याए भने उनका प्रतिद्धन्दी रायले १ हजार ३७८ मत मात्र पाउन सके ।
त्यस्तै उप–सभापतिमा संस्थापनकै डा. सरोज कुमार (राजु) १ हजार ७६४ र संस्थापन ईतरका नविन अधिकारी १ हजार ४९३ मत ल्याइएर विजयी भए भने उपसभापतिमा पराजित संस्थापनका शेख सदुल्लाहले १ हजार ४७४ र ईतरका रविनन्दन चौधरीले १ हजार ३१४ मत मात्र प्राप्त गर्न सके ।
सचिबमा निरज कार्की १ हजार ७२६ र मनोज यादव १ हजार ४२६ मतका साथ विजयी भए । सह–सचिवमा ईन्द्र बहादुर योञ्जन १ हजार ७११ र सुनिल कुमार कुशवाहा १ हजार ५७९ मत प्राप्त गरेर विजयी भएको छ ।
आईतबार राती नै जिल्ला निर्वाचन अधिकृत नागेश्वर प्रसाद सिंहले विजयी सभापति सिंह सहित पदाधिकारीलाई बधाई दिए । नवनिर्वाचित सभापति सिंहले अब पार्टीलाई गुटउपगुट तथा कसैलाई काख र कसैलाई पाखा नगरी एकढिक्का बनाउने प्रतिबद्धता जनाए ।