निर्माण कम्पनी र डिभिजन सडक कार्यालयको चरम लापरवाही, यात्रुहरुको ज्यान जोखिममा

   ३० फाल्गुन २०७८, सोमबार १८:३९  

रौतहट, ३० फागुन । गौर चन्द्रपुर सडक खण्ड अन्तर्गत पर्ने पुलको दुई तर्फी बाटो निर्माण गर्नु अघि डाइभर्सन नबाउदा दैनिक हजारौं यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
राजदेवी नगरपालिका अन्तर्गत पर्ने पथरा गाउँ देखि उत्तरमा विगत चार बर्ष देखि निर्माणाधिन पुल गत बर्ष नै निर्माण कार्य पुरा भईसक्दा पनि दुर्व तर्फ बाटो निर्माण नगर्दा दैनिक हजारौं यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य रहदै आएका हुन् ।
फागुन महिना सकिना लाग्दा निर्माण कम्पनीले दुई दिन देखि माटो पुर्ने काम सुरु गरेको छ तर बाटोमा माटो पुर्नु अघि डाइभर्न बनाउनु पर्नेमा निर्माण पक्षले त्यसो नगरी सिधै बाटोमा माटो पुरिदा स साना सवारी साधनहरु दिनहुँ पल्टिने कार्य जारी रहेको छ । यात्रुहरु ज्यान जोखिममा राखेर बाटोबाट यात्रा गर्न विवश रहदा सम्बध निकायको ध्यानाकर्षण नहुँदा जनताहरु अहिले परेशान भएको छ ।
डिभिजन सडक कार्यालयको चरम लापरवाहीको कारण दुई बर्षमा बन्नुपर्ने पुल ४ बर्षमा बने तर करिव ९ महिना पछि माटो पुर्ने काम सुरु हुँदा सडक कार्यालयको प्राविधिक हरुले निर्माण कम्पनीबाट डाइभर्सन बनाउन लगाउनुपर्ने तर त्यस तर्फ प्राविधिक सहित सो कार्यालयको चरम लापरवाहीको कारण जनताहरु जोखिमपूर्ण यात्रा गर्न विवश रहेको दुर्गा भगवतीको बासिन्दा रामलाल दासले गुनासो गरे ।
पुल सडक बनाउनु अघि अनिवार्य रुपमा डाइभर्सन बनाउनु पर्ने हुन्छ तर नियमनकारी निकाय वा स्थानीय तहको ध्यान नपुग्दा जनताहरु अनावश्यक रुपमा सास्ती खेप्न बाध्य रहेको हुँदा अविलम्ब डाइभर्सन बनाउन लगाउने तर्फ स्थानीय प्रशासनको ध्यान केन्द्रीत उनले गराए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै