सशस्त्र प्रहरीलाई साधन श्रोत सम्पन्न बनाउन मधेश सरकार प्रतिबध

   १ चैत्र २०७८, मंगलवार १४:०६  

रौतहट, १ चैत । मधेश प्रदेश सरकारको आन्तरिक मामिला तथा संचार मन्त्री भरतप्रसाद साहले सिमा सुरक्षा सहित विशेष परिस्थितिमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको सशस्त्र प्रहरी बललाई साधान श्रोत सम्पन्न बनाउन मधेश प्रदेश सरकार लागि परेको बताए ।
सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेड क्वाटर रौतहटमा मधेश सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको अपरेशनल भवन र जवान मेस भवनको मंगलवार एक समारोहका विच मधेश प्रदेश सरकारको आन्तरिक मामिला तथा संचारमन्त्री साहले शिलान्यास गर्दै उक्त कुरा बताएको हो ।


मधेश प्रदेशको आठ वटै जिल्लाको दक्षिणी सिमाना भारत संग जोडिएको हुनाले सिमा क्षेत्रबाट हुने विभिन्न अवाञ्छित गतिविधि, चोरी तस्करी, अपराधिक गतिविधि माथि अंकुश लगाउन सशस्त्र प्रहरीले अहोरात्रि खटिरहदा पनि विभिन्न प्रकारको साधन श्रोतको कमीको कारण त्यस्ता खाले गतिविधि माथि नियन्त्रण गर्न कठिनाई उत्पन्न भईरहेको परिवेशमा मधेश सरकार गम्भीर भएर सशस्त्र प्रहरीलाई साधन श्रोत सम्पन्न बनाउने लक्ष्य राखेको स्पष्ट पारे ।
सिमा सुरक्षा बाहेक विपदको समयमा सशस्त्र प्रहरीको भुमिका अति नै सक्रिय रहने गरेको हुँदा त्यस तर्फ मधेश सरकारको सिमित साधन श्रोत भएपनि सबै स्थानलाई प्राथमिकताको सुचीमा राखेर काम गर्दै आएको बताए ।
वागमती र लाल बकैया नदीमा बर्षेणी आउने बाढी र कटानको समस्याबाट आठै जिल्लामा रौतहट बढि प्रभावित जिल्लाको सुचीमा भएपनि मधेश सरकारको आन्तरिक एवं बाह्य आयबाट पुरा हुने अवस्था नभएपनि सकेसम्म सहयोग गर्दै आएको चर्चा गरे । बाँधहरुको समयमा मर्मत संभार गरी दक्षिणी सिमामा रहेको भारतीय बाँधबाट पानी निकासको लागि सुलिस गेट संचालनमा ल्याउने सौहादयपूर्ण वातावरणको सृजना गर्नुपर्नेमा उनले जोड दिए ।
राजदेवी नगरपालिकाको मेयर धिरेन्द्र सिहले रौतहटको लागि वागमती र बकैया नदी अभिशापको रुपमा रहेको चर्चा गर्दै बर्षाको समयमा रातरात भरी बाँध बचाउन सुरक्षाकर्मी संग नदीमै समय विताउनु परेको स्मरण गर्दै दिर्घकालिन रुपमा समस्या समाधान गर्न प्रदेश र संघिय सरकारको पहल हुनु नितान्त आवश्यक रहेको बताए ।


सो शिलान्यास कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले विपदको दृष्टिकोर्णबाट अति नै सम्बेदनशिल जिल्लाको रुपमा रहेको रौतहटलाई मधेश सरकारबाट विशेष प्राथमिकताको सुचीमा राखेर वागमती, लाल बकैया, तथा स साना नदीहरुको नियन्त्रण, बाँधहरु मर्मतको साथै सिमा क्षेत्रमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई विभिन्न विपदको समयमा ओत लाग्ने स्थानको समुचित रुपमा अभाव रहेको हुँदा त्यस तर्फ आन्तरिक मामिला मन्त्री साहको ध्यानाकर्षण गराए ।


सो कार्यक्रममा नेपाली सेनाका कर्णेल राजन दहाल, नेपाली प्रहरीको एसपी विनोद घिमिरे, सशस्त्र प्रहरीको एसपी ध्रुव कार्की , राष्ट्रिय अनुसन्धानको उप निर्देशक मुकुन्दबहादुर खड्का लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
प्रदेश सरकारद्धारा सशस्त्र प्रहरी बल ११ नम्वर गण भित्र निर्माण गरिने अपरेशनल भवन र जवान मेसको लागि ६३ लाख रुपैया छुट्याएका थिए । जस मध्ये अमृत निर्माण सेवा राजदेवी रौतहटले भ्याट बाहेक ३३ लाख ८९ हजार १५२ रुपैयामा ठेक्का सकार गरेको छ । २०७८ साल जेठ मसान्त भित्र दुवै भवनको निर्माण कार्य सम्पन्न गर्नुपर्ने सशस्त्र प्रहरी बल ११ नम्वर गणको गणपति एवं एसपी ध्रुव कार्कीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै