लागु औषध सहित दुई भारतीय नागरिक पक्राउ

   १२ पुष २०७७, आईतवार १८:३६  

रौतहट, १२ पुस । रौतहट प्रहरीले गौर स्थित बस पार्कबाट लागुऔषध सहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिई कारवाही सुरु गरेको छ ।
सिमापारी भारतीय बजारबाट लुकिछिपी नेपाल प्रवेश गरेर बसबाट नेपाल भित्र जान खोज्दा बस पार्कमा खटिएको प्रहरीलाई शंका लागेपछि हैण्ड व्यागलाई चेकजाँच गर्दा लागु औषध नोरफिन २ एमएमको ४५० थान, डाइजेपाम २ एमएमको ४५० थान, फेनारागोन २ एमएमको ४५० थान गरी १३५० थान सहित दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।


भारत विहार राज्य मोतिहारी जिल्ला ग्राम पंचायत हसनपुर बालुवा वस्ने रामबाबु जैसवालको २३ बर्षिय छोरा अनिल कुमार जैसवाल र निजको साथी भारत विहार राज्य मोतिहारी जिल्ला कुडवा चैनपुरका २२ बर्षिय रबि कुमारलाई नियन्त्रणमा लिई रौतहट जिल्ला अदालतबाट लागु औषध ओसारपसार ऐन अन्तर्गत न्यायिक हिरासतमा राख्ने अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै