ओमप्रकाश मधेशियाको अध्यक्षतामा ४१ सदस्यीय लोकतान्त्रिक युवा संघ चयन

   १ चैत्र २०७८, मंगलवार १५:५७  

रौतहट, १ चैत । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल रौतहटको युवाहरुको भेलाले ओमप्रकाश मधेसिया को अध्यक्षता मा 41 सदस्यीय लोकतान्त्रिक युवा संघ जिल्ला कार्य समिति चयन गरिएको छ । गौर नपाको सभाकक्षमा सम्पन्न भएको युवा भेलाले मधेशियको अध्यक्षतामा चयन गरिएको हो । साथै सोही भेलाबाट अमित भारती को अध्यक्षता मा 51 सदस्यीय लोकतान्त्रिक युवा संघ गौर नगरकार्य समीती चयन गरिएको छ। अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाइ गौर नगरपालिका को मेयर अजय गुप्ता, उपमेयरको उम्मेदवार उषा झा, राकेश झा, लिला साह सहितको लोसपाको पदाधिकारी हरुले कार्यकालको सफलताको लागि शुभकामना दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै