काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज नेक दुवाकोट चाँंगुनारायण भक्तपुर र भारतको डेलनेट जेनु क्याम्पसबीच सहकार्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । डेलनेट इन्डियाको लार्जेस्ट रिसोर्स सेयरिङ लाइब्रेरी नेटवर्क हो ।
भारतको सबैभन्दा ठूलो संशाधन साझेदारी पुस्तकालय नेटवर्क डेलनेटको ३३ राज्य र आठ देशमा ६ हजार आठ सयभन्दा बढी पुस्तकालय लिंक गर्दै आएको छ ।
समझदारीपछि नेपाल इन्जिनियरिङ कलेजले कला, विज्ञान, वाणिज्य, शिक्षा, सामाजिक विज्ञान, व्यवस्थापन, इन्जिनियरिङ प्रविधि, दन्त र चिकित्सा विज्ञानसहित विभिन्न क्षेत्रमा चयन गरिएका अन्तर्राष्ट्रिय पूर्ण पाठ पत्रिकामा पहुँच हुने जनाइएको छ ।
साथै ई(पुस्तकहरू अन्तर(पुस्तकालय ऋणमा उधारो र जर्नल लेखहरूको प्रतिलिपिहरू प्राप्त गर्ने सुविधाका साथ पुस्तकहरू, जर्नलहरू, लेखहरू, इत्यादिको तीन करोडभन्दा बढी क्याटलग रेकर्डहरूमा पहुँच हुने जनाइएको छ ।
समझदारीपछि ई पुस्तकहरू, ई लेखहरू र ई जर्नलहरूसहित एक दशमलब ६ करोडभन्दा बढी पूर्ण पाठ कागजात प्राप्त गर्न सकिने सम्झौतापत्रमा उल्लेख छ । यसबाट कलेजका विद्यार्थी, शिक्षक र कर्मचारीले डेलनेटलाई पूर्ण क्षमतामा प्रयोग गर्ने विश्वास नेपाल इन्जिनियरिङ कलेजले लिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन