पालिका प्रमुखलाई स्मरण पत्र

रौतहट, २ चैत । किसान एवं गरिव दलितहरुको विविध समस्यालाई लिएर नेकपा माओवादी केन्द्र को नेता एवं कार्यकर्ताहरुले दुर्गा भगवती गाउँ पालिकाको ध्यानाकर्षण गराएको छ ।
माओवादी केन्द्रका युवा नेतहरु धर्मेन्द्रकुमार झा (डिके), शम्भु सिह सहितका व्यक्तिहरुले पालिकामा रहेका किसान, मजदुर, दलितहरुको समस्या प्रति चिन्तीत हुँदै पालिका प्रमुखको ध्यानाकर्षण गराएको हो ।
गापा प्रमुख अरुण साहले उहाँहरु हिजो केही समस्यहरु लिएर स्मरण पत्र बुझाएको स्वीकार्दै गरिव, असहाय, किसान लगायत क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट पारे।