download the zoom desktop client download zoom app for win 10 64 bit download zoom ucla zoom download for pc laptop - zoom download for pc laptop zoom pc download fre zoom version 5.1.0 download

पेट्रोलियम पदार्थमा प्रति लिटर ५ रुपैया बढ्यो

   २ चैत्र २०७८, बुधबार २३:५२  

रौतहट । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार मध्यरात १२ बजेदेखि लागू हुनेगरी मूल्य डिजेल पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ५ बढाएको हो ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर नयाँ खुद्रा मूल्य रु १५५, डिजेल र मट्टितेल रु १३८ तथा हवाई इन्धन आन्तरिकतर्फ साविक बिक्री मूल्यमा प्रति लिटर रु १५ रुपैयाँले बृद्धि भई १५१ रुपैयाँ पुगेको छ । हवाई इन्धनमा अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर २००,०० ले बृद्धि गरी नयाँ बिक्री नयाँ  बिक्री मूल्य प्रति कि.लि. अमेरिकी डलर १,४९५ कामय गरिएको छ ।  निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले नेपालमा पनि बढाएको जनाएको छ । भारतीय आयल निगमले बुधबार पेट्रोलियम पदार्थको मूल्य बढेको जानकारी गराएको थियो । सोही अनुसार निगमले नेपालमा पनि मूल्य बढेको बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै