गौरमा प्रचण्ड र माधव समुहको वृहत कार्यकर्ता भेलामा केपीलाई गधाको संज्ञा

   १२ पुष २०७७, आईतवार १८:५४  

रौतहट, १२ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड र माधव समुहको रौतहट जिल्ला स्तरिय कार्यकर्ता भेला आईतवार गौरमा सम्पन्न भएको छ ।
रौतहट सदरमुकाम गौर स्थित पार्टी कार्यालयमा प्रचण्ड र माधव समुहको कार्यकर्ता भेला आज गौरमा सम्पन्न भएको हो । नेकपाको दुई अध्यक्ष केपी शर्मा ओली र पुष्प कमल दहाल प्रचण्ड विच लामो समय देखि जारी रहेको आन्तरिक खिचातानीबाट भइरहेको अबस्थामा आज गौरमा सम्पन्न भएको जिल्ला स्तरिय भेलाको कुनै गुटबन्दिको नाम नदिएता पनि बक्ताहरुले केपी शर्मा ओलीप्रति अधिकाँश नेता तथा कार्यकर्ताहरुले असन्तुष्टि जनाए ।
भेलालाई सम्बोधन गर्दै अधिकाँश वक्ताहरु केपीलाई अधिनायकवाद, सत्तास्वार्थमा अन्धो भएको, नेपालीलाई अनाहकमा निर्वाचनमा धकेलेको, गरिव मुलुकमा वेरोजगारी, कोभिडमा भ्रष्टाचारीको नाईके भन्दै गधाको संज्ञा दिए । गधालाई जति नुहाएपनि कहिल्यै गाइ हुन नसक्ने बताउनु हुदै आक्रोस जनाएका थिए ।
केपी कम्युनिष्ट हुनै नसक्ने कम्युनिष्टको कलंक मात्र भएको बक्ताहरुले दावी गरेका छन । नेकपा विधि र सुशासनमा चल्ने भएकाले विधि र विधानलाई लत्याएर पार्टी चल्न नसक्ने भएकाले हाल नेकपा दुई धारमा देखिएपनि ओली बाहेकको धारमा पुरै मुलुक रहेको समेत उनीहरुले अभिव्यक्ति दिएका थिए ।
रौतहट अध्यक्ष कमल राय यादवको सभापतित्वमा सम्पन्न भेलामा पुर्वमन्त्रि मातृका यादव, केन्द्रिय सदस्य युवराज भट्टराइ, सरला यादव, पुर्व सभासद रामकुमार भट्टराई, अशोक जयसवाल, युवा नेता शम्भु साह, शम्भु सिंह, धर्मेन्द्रकुमार झा, सत्यनारायण भगत लगायत रौतहट जिल्लाका नेकपा नेता कार्यकर्ताहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै