zoom network download - zoom network download why can't my laptop connect to zoom - why can't my laptop connect to zoom why is my zoom app not working zoom app alternative free download of zoom app zoom cloud download zoom for pc download zoom download for windows 10 pro 64 bit

पिक भ्यानको ठक्करबाट २ जनाको मृत्यु, प्रसनी सहित दुई प्रहरी घाइते

   ३ चैत्र २०७८, बिहीबार ०९:१४  

रौतहट, ३ चैत । वृन्दावनको हर्षाहा चोकमा भिषण सडक दुर्घटना भएको छ ।
मादकपदार्थ सेवन गरेर जिप चलाइरहेको अवस्थामा बुधवार राति ८.३० बजेको समयमा वृन्दावन नगरपालिकाको हर्षाहा चोकमा ठक्कर दिदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । सोही छेउमा डिउटीमा तैनाथ रहेका प्रहरी सहाकय निरीक्षक सहित दुई जना प्रहरी गम्भीर घाईते भएका छन् ।
गौर चन्द्रपुर सडकखण्ड अन्तर्गत पर्ने वृन्दावन नपा वडा नम्व्र ६ हर्षाहा चोकमा गएराति चन्द्रपुरबाट गरुडा तर्फ गइरहेका बा. १७ च. ६१६३ नम्वरको पिकअप बोलेरो भ्यानले ठक्कर दिदा स्थानीय ३७ बर्षिय जीतेन्द्र पटेल र २७ बर्षिय हरीकुमार ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मदिराको धुतमा मस्त पिकअप भ्यानले दुई जनाको जिवन लिला समाप्त पारे…..डिउटीमा रहेका प्रहरी पनि शिकार बने


सोही पिकअप बोलेरो भ्यनको ठक्करबाट प्रहरी चौकी हर्षाहामा कार्यरत प्रहरी सहायक निरीक्षक उपेन्द्रप्रसाद यादव र प्रहरी जवान मुर्तुजा अन्सारी घाईते भएका छन् । घाईते मध्ये अन्सारीको अवस्था गम्भीर रहदा रातिनै उपचारको लागि विरगंज तर्फ पठाइएको इकाला प्रहरी कार्यालय गरुडाको डिएसपी श्रीराम भण्डारीले जानकारी दिए । अर्का घाईते प्रसनी यादवको गरुडामा उपचार भइरहेको छ ।
मदिरा सेवन गरेर पिकपअ चलाईरहेको अवस्थामा उक्त गाडी अनियन्ति भई हर्षाहा चोकको पान पसल र मोटरसाइकलमा ठक्कर दिएपछि उक्त दुखद दुर्घटना भएको उनले बताए ।
प्रहरीले नियन्त्रणमा लिएको जिपको सिटबाट वियरको बोतल समेत बरामद भएको तथा केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको डिएसपी भण्डारीले भने ।
घटनापछि स्थानीय बासिन्दाहरु राति देखिनै दोषिलाई समात्न दवाव प्रहरी माथि बनाएको छ । स्थानीय बासिन्दाहरुको अनुसार निलम्बित प्रदेश साँसद कुन्दन कुश्वाहा र मौलापुरको निर्माण व्यवसायी नागेन्द्र साह उक्त पिक भ्यानमा रहेको बताइएको छ । घटनापछि उनीहरु भाग्न सफल भएको तथा अर्को दुई जना व्यक्तिलाई जिप चलाइरहेको भन्दै प्रहरीको सम्पर्कमा पठाएको बुझिएको छ । तर निर्माण व्यवसायी साहको नाम प्रहरीले पुष्टि गरेपनि निलम्बित प्रदेश साँसद कुश्वाहाको वारे अनिभिज्ञयता जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै