भारत संगको सिमाना जोडिएको धनुषा जिल्लामा कुनै विवाद नरहेको ः प्रजिअ पौडेल

358 Shares

नेपाल भारतको सिमा क्षेत्र छुट्याउने खोला वा कतिपय स्थानहरुमा सिमा स्तम्भहरु रहेको पाइएको छ ।
खोला सिमा भएको क्षेत्रमा बर्षेणी खोलाको धार परितर्वन हुँदा सोही अनुसारको सिमा हुने गरेको व्यवहारिक रुपमा पाइएको हो । हुन त ः नेपाल र भारतीय नागरिकहरुको जग्गा जमिनहरु सिमाकै कारण दुबै तर्फ रहेको कतिपय लिखित कागजातहरु भएपनि यदाकदा विवादहरु सुन्न पाइन्छन् ।

भारत संग सिमा जोडिएको धनुषा जिल्लामा कुनै विवाद नरहेको ः प्रजिअ सुरेन्द्र पौडल


पछिल्लो समयमा धनुषा जिल्लाको मुखियापटि मुसहरनिया गाउँपालिका वडा नम्वर २ स्थित नेपाल भारतको सिमा क्षेत्रमा रहेको जमुनी नदीलाई नै सिमानाको रुपमा मानिएको छ । नदी पारी केही स्थानीय बासिन्दाहरुको जग्गा रहेको र तिनीहरुलाई पारीको सुरक्षाकर्मीहरुले जान नदिएको स्थानीय संचारमाध्यमहरुबाट समाचार प्रकाशित भएका छन् ।
सोही सामाचारहरुको आधिकारिकता सम्बन्धि बुझ्दै जाँदा धनुषाको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बाहिर केही कुरा सुनिएपनि पारी तर्फ जग्गा जमिन भएका जग्गाधनीहरु अहिले सम्म कुनै किसिमको लिखित वा मौखिक रुपमा जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी गर्न नआएको बताए ।
“जसको जग्गा पारी तर्फ हो तिनीहरु उजुरी गर्न नआएपछि कुन आधारमा भारतीय सुरक्षाकर्मीहरु जान नदिएको भन्न सक्छौं,” उनले भने “उनका अनुसार केही पत्रकारहरु त्यस विषयमा सोध्न आएका थिए, उहाँहरुलाई पनि मैले त्यही जवाफ दिएको छु” । हो सिमा क्षेत्रमा पुल कल्भर्ट बनाउन केही समस्याहरु आएको तर ति समस्याहरुलाई दुबै तर्फका पदाधिकारीहरु बसेर समाधान गरेको दाबी गरे ।
धनुषा जिल्ला संग भारतको जोडिएको सिमानाको कुनै किसिमको विवाद नरहेको प्रष्ट पार्दै प्रमुख जिल्ला अधिकारी पौडेलले यदी सिमा सम्बन्धि विवाद वा समस्याहरु रहेको छ भने दुबै देशको नापी विभागको प्राविधिक टोलीहरुलाई खटाएर बास्तविक सिमा पहिचान गर्नुपर्नेमा उनले जोड दिए । “नेपाल भारत विच रहेको यस्ता समस्याहरुलाई पदाधिकारीहरुको टोली बसेर शान्तिपूर्ण एवं सौहादपूर्ण रुपमा समस्यालाई पहिचान गरी समाधान गरिनुपर्ने हुन्छ तर मलाई लाग्दैनकी धनुषा जिल्लामा भारत संगको सिमानामा कुनै प्रकारको विवाद रहेको छ” । प्रजिअ पौडेलले थपे ।
नेपाल भारत बिचको मधुर सम्बन्धमा कुनैपनि तवरबाट आँच पुर्याउने गरी अभिव्यक्ति वा अनावश्यक बखेदा गर्नु हुँदैनन । हाम्रो प्रशासनीक टोली सिमा क्षेत्रको अनुगमन गरिसकेका छौं कहि विवाद नरहेको उनले दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार