संघिय राजधानी काठमाडौं सहित पहाडी जिल्लाहरुमा हर्षोउल्लासका साथ हाली मनाइदै

   ३ चैत्र २०७८, बिहीबार १४:१४  

रौतहट, ३ चैत । विगत दुई बर्ष देखिको कोरोना महामारीको कहरबाट होलीको रंग चढ्न पाएका थिएनन् तर यसपालि होली पर्व उत्साहपूर्वक काठमाडौं सहित पहाडी भेगमा मनाइदै छ ।
काठमाडौंको बसन्तपुरमा होली पूर्णिमामा आयोजित कार्यक्रममा रंग खेल्ने युवायुवतीहरूको उल्लेख्य सहभागिता रहेको देख्न सकिन्छ । एक अर्कालाई अबिर लगाएर आत्मीयता एवं खुशी साटासाट गरिएका छने ।
यो वर्ष भने कोरोना संक्रमण दर घटेकोले सार्वजनिक कार्यक्रम गरी विभिन्न संघसंस्था होली मनाएका छन् । तरार्ई मधेशका जिल्लाहरु शुक्रवार तथा कतिपय स्थानमा शनिवार होली पर्व हर्षोउल्लासको साथ मनाउने छ । भोली तराई मधेशको जिल्लामा सार्वजनिक विदा दिइएको छ भने आज पहाडी जिल्लाहरुमा सरकारले सार्वजनिक विदा दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै