नेपाली काँग्रेसको शुभकामना आदानप्रदान कार्यक्रम

   ३ चैत्र २०७८, बिहीबार १६:३१  

माधोपुर (रौतहट), ३ चैत । नेपाली काँग्रेस रौतहटको सम्पन्न १४ औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको सम्मानमा विहिवार होली पर्वको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरियो ।

शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस मधेश प्रदेश सभापति एवं युवा नेता कृष्णप्रसाद यादवले अधिवेशनबाट निर्वाचित जिल्ला सभापति सहितको पदाधिकारीहरुलाई सफल एवं सुखद कार्यकालको बधाई तथा शुभकामना दिए ।

स्थानीय तहको हुन लागेको आसन्न निर्वाचनलाई मध्यनजर राख्दै पार्टी संगठनलाई बलियो बनाउने तर्फ नव निर्वाचित कार्यसमितिको काँधमा महत्वपुर्ण जिम्मेवारी आएको हुँदा त्यस तर्फ बढि ध्यान केन्द्रित गरेर स्थानिय तहको निर्वाचन मा जुट्नु पर्ने बताए । सौहार्दपूर्ण वातावरणमा होलि पर्वको मनाई सभ्य एवं भव्य बनाउन सम्पूर्ण नेता एवं कार्यकर्तालाई बधाई तथा शुभकामना दिए ।

नव निर्वाचित सभापति सुनिल यादवले आफूलाई विजयी गराएर महत्वपूर्ण जिम्मेवारी दिनुभएको मा त्यस प्रति आभारी रहने छ साथै पार्टी भित्रको गुटउपगुटलाइ समाप्त पारेर पार्टी संगठनलाई बलियो बनाउन विना भेदभाव रुप काम गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । संयमित, भद्र, सभ्य रुपमा होली मनाउन शुभकामना दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै