मृतक परिवारद्धारा संयुक्त रुपमा सवारी धनी विरुद्ध किटानी जाहेरी

   ४ चैत्र २०७८, शुक्रबार १७:२८  

रौतहट, ४ चैत । मादक पदार्थ सेवन गरी सवारी चलाएर दुई जनाको ज्यानै जाने गरी ठक्कर दिने बोलेरो पिकअप भ्यानको धनी माथि दुबै मृतक परिवारले किटानी जाहेरी दिएका छन् ।
दुई दिन अघि अत्याधिक मादक पदार्थ सेवन गरेर सवारी साधन गुडाउदै गर्दा रौतहटको गौर चन्द्रपुर सडक खण्ड अन्तर्गत पर्ने वृन्दावन नपा ६ हर्षाहा चोकमा पान पसलमा उभिरहेका स्थानीय ३७ बर्षिय जीतेन्द्र पटेल र २७ बर्षिय बर्षिय हरीकुमार ठाकुरलाई ठक्कर दिदा दुबैजनाको घटनास्थलमै मृत्यु भएका थिए ।
मृतक पटेल र ठाकुरको परिवारले संयुक्त रुपमा ठक्कर दिने बा. १७ च. ६१६३ नम्वरको बोलेरो पिकअपको धनी मौलापुर नगरपालिकाको बासिन्दा तथा निर्माण व्यवसायी नागेन्द्र साह विरुद्ध इलाका प्रहरी कार्यालय गरुडामा किटानी जाहेरी दिएका छन् । पीडित पक्षले दिएको जाहेरीमा सवारी धनी साह र अर्का निलम्बीत साँसद कुन्दन कुश्वाहा दुर्घटना पश्चात रातिको मौका छोपी भाग्न सफल भएको र केही समयमै संजय पाण्डे, कुन्दन पाण्डे इलाका प्रहरी कार्यालय गरुडामा उपस्थित भई घटनालाई अन्य दिशामा मोड्न खोजेको पिडित परिवारले गम्भीर आरोप लगाएको छ ।
पटेल र ठाकुरलाई ठक्कर दिदै अगाडी बढेका उक्त पिकअप भ्यानले डिउटीमा तैनाथ रहेका प्रहरी सहायक निरीक्षक उपेन्द्र प्रसाद साह र प्रहरी जवान मुर्तुजा अन्सारीलाई ठक्कर दिएर विजुलीको पोलमा ठोक्किन पुगेको इप्रका गरुडाले जनाएको छ । प्रसनीको गरुडामै उपचार भईरहदा उनको अवस्था सामान्य रहेको एवं अन्सारीको विरगंजमा उपचार भईरहेको इप्रका गरुडाको डिएसपी श्रीराम भण्डारीले बताए । प्रहरी नियन्त्रणमा रहेको जिपबाट महत्वपूर्ण माइनुटबुक बरामद भएको छ र वियरको बोतलहरु बरामद हुँदा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको पुष्टि भएको उनले भने ।
दुबै मृतकको शव गौर चन्द्रपुर सडकमा विहिवार साँझ सम्म राखेका थिए । स्थानीय प्रहरी प्रशासनको प्रयास पछि शवलाई अन्तिम संस्कार गरियो । मृतक परिवारले सबारी धनी नागेन्द्र साह सहित केही व्यक्तिहरु उपर किटानी जाहेरी दिएको छ, प्रहरी गम्भीर भएर अनुसन्धान गर्दै अघि बढिरहेको छ, सिसिटिभी फुटेजको आधारमा पनि अनुसन्धान जारी छ, संलग्न जो कोही भएपनि अनुसन्धानको डायरामा ल्याई मृतक परिवारलाई न्याय दिलाउने रौतहट प्रहरी प्रमुख विनोद पोखरेलले प्रतिबद्धता जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै