नेकपा एमाले रौतहटको प्रेस विज्ञप्ती

रौतहट, ४ चैत । नेकपा एमाले रौतहटले प्रेस विज्ञप्ती जारी गर्दै पार्टीलाई बदनाम गराउन सत्ता गठबन्धन लागि परेको गम्भीर आरोप लगाएको छ ।
नेकपा एमाले जिल्ला कार्य समिति रौतहटको अध्यक्ष त्रिभुवन साहद्धारा जारी गरिएको विज्ञप्तीमा घटना दुखद हो, मृतक परिवार प्रति भावपूर्ण श्रद्धन्जली व्यक्त गर्दै विगत चार बर्ष देखि उक्त जिप मौलापुर नगरपालिकालाई भाडामा दिएको हुँदा एक जना व्यक्तिलाई महोत्तरी पुर्याएर फर्किदै गर्दा दुखद घटना हुन पुग्यो तर उक्त घटनालाई अतिरंजित पार्दै सत्तारुद्ध दलबाट स्थायी समिति सदस्य प्रभु साहको नाम मुछि बदनाम गराउने कार्य गर्दै आएको र जनतालाई दिगभ्रमित पार्न पूर्वाग्रह बनाउने खेलको निन्दा गरेको हो ।
सत्तारुद्ध गठबन्धन र काँग्रेसको इशारामा प्रमुख जिल्ला अधिकारी, एसपी, डिएसपीहरु एमाले विरुद्ध विभिन्न जालो बुन्दै गएको हुँदा उक्त कार्यप्रति सिंगो जिल्ला कार्य समितिको ध्यानाकर्षण भएको छ ।
एमालेको बढ्दो लोकप्रियताबाट आत्तिएर काँग्रेस गठबन्धनको सरकारमा सामेद दलहरु विभिन्न हथकन्डाहरु अपानाई एमाले माथि जनताको विश्वास धुमिल बनाउने कार्यमा सिडिओ र एसपी सहितका व्यक्तिहरु लागि परेको हुँदा अविलम्ब यस्ता प्रशासनिक व्यक्तिहरुलाई निलम्बन गरी सत्य निष्पक्ष रुपमा छानविन गठन गरी बास्तविक्ता ल्यानुपर्ने अन्यथा एमाले अनिश्चितकालिन रौतहट बन्द गर्ने चेतावनी विज्ञप्ती मार्फत दिएको छ ।

