zoom app download for pc login - zoom app download for pc login download speed required for zoom call - download speed required for zoom call zoom download upload speeds zoom online app zoom pcr test - zoom pcr test zoom download for

मधेश प्रदेश क्रिकेट संघमा रौतहटको चार चेली छनौट

   ६ चैत्र २०७८, आईतवार १५:२९  

रौतहट, ६ चैत । राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको लागि मधेश प्रदेशको क्रिकेट संघमा रौतहटको चार जना महिला खेलाडी छनौटमा परेको छ ।
मधेश प्रदेश क्रिकेट संघले जारी गरेको सूचीमा मधु राउत, मोनिका साह, भूमि सिंह र चान्दनी खातुन छनौटमा परेको शनिवार राति मधेश प्रदेश क्रिकेट संघले जारी गरेको सुचीमा उल्लेख गरिएको हो ।
मधेश प्रदेशको महिला क्रिकेट टिममा साना प्रविण, मधु राउत, प्रतिमा साह, एलिया यादव, मोनिका साह, प्रियंका गुप्ता, विमला मगर, भूमि सिंह, निक्की कुशवाहा, पुष्पा फुयाल, अंजलि चौधरी, वर्षा ढकाल र तुलसी बिकको नाम रहेकी छिन । यसै गरी वैकल्पीक खेलाडीमा अमिषा पटेल, सबनम खातुन, शिवानी सिंह र चान्दनी खातुन रहेको छ ।
राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशको म्यानेजर रोजी कडारी र कोच जहुर अंसारीलाई नियुक्त गरिएको छ ।
बाराको कलैयामा भएको छनौट प्रतियोगिताबाट मधेश प्रदेशका लागि छानिएका खेलाडीहरु राष्ट्रिय प्रतियोगिताको लागी चैत्र ९ गते धनगढी जाने मधेश प्रदेश क्रिकेट संघले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै