नेपाली काँग्रेसद्धारा चन्द्रपुरमा राके जुलुश प्रदर्शन

   १२ पुष २०७७, आईतवार १९:०३  

रौतहट, १२ पुस । नेपाली काँग्रेसद्धारा रौतहटको चन्द्रपुरमा आईतवार साँझ राँके जुलुश प्रदर्शन गरिएको छ ।
वर्तमान केपी ओलीको सरकारले सर्वसत्तावादमा उन्माद भई असंवैधानिक कदम चालेको बिरोधमा नेपाली काग्रेसले चन्द्रपुरमा आज साझ राँके जुलुस निकालेको हो । नेपाली काग्रेसको पार्टी कार्यालयबाट शुरु भएको राके जुलुस चन्द्रपुर चोकसहित चन्द्रपुर नगर परिक्रमा गरेका थिए ।
नेपाली काग्रेसका प्रदेश सांसद धनलाल ठोकरले नेकपाको आफ्नो आन्तरिक विवादमा नेपाली जनताहरुको मतलाई समयावधि अगाबै विघटन गर्नु तानाशाही प्रबृति भएको जिकिर गरे । असंबेधानिक संसद विघटनले आम नागरिकहरुको अधिकारलाई कुण्ठित पारेको बताउनु हुदै तुरुन्त संसद पुनस्थापना गर्नु ठोकरले माग गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै