जापानी प्रधानमन्त्रीको भारत दौरा महत्वपूर्ण, विश्वको ध्यान भारत तर्फ केन्द्रीत

339 Shares

नयाँ, ६ चैत । जापानी प्रधानमन्त्री फुमियो किशिदा २ दिन भारत भ्रमणको शिलशिलामा भारतमा आएपछि उनको भव्य रुपमा स्वागत गरिएको छ ।
दुई दिने भारत भ्रमणमा रहेका जापानका प्रधानमन्त्री फुमियो किशिदाले शनिबार दिल्लीको हैदरावाद हाउसमा प्रधानमन्त्री नरेन्द्र मोदी सँग भेटवार्ता गरेको हो । दुई प्रधानमन्त्री विच एकअर्कालाई नमस्ते गर्दै अभिवादन गरे, उनीहरु भएको भेटको भिडियोबाट गर्मजोशीको साथ एक अर्का विच नमस्ते अभिवादनबाट सम्बन्ध धेरै गहिराई सम्म रहेको प्रष्ट भएको छ ।
प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्नुका साथै प्रधानमन्त्री किशिदाले १४ औँ भारत–जापान वार्षिक शिखर सम्मेलनमा भाग लिए । भारत–जापान इकोनोमिक फोरममा बोल्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा रहेका जापानी कम्पनीहरूलाई सम्भावित सबै सहयोग उपलब्ध गराउन भारत प्रतिबद्ध रहेको बताए । उनले अगाडि भने, “भारत–जापान सम्बन्धको आधार प्रगति, समृद्धि र साझेदारी हो ।” दुई दिने भारत भ्रमणमा रहेका जापानी प्रधानमन्त्री फुमियो किशिदालाई प्रधानमन्त्री मोदी भेट पछि भएको द्विपक्षीय वार्ता पछि यस्तो भएको हो ।
प्रधानमन्त्री नरेन्द्र मोदी सँगको संयुक्त वक्तव्यमा जापानी प्रधानमन्त्री फुमियो किशिदाले भने, “धेरै अशान्तिका कारण आज सारा विश्व हल्लीएको छ । भारत र जापानको घनिष्ठ साझेदारी हुनु धेरै महत्त्वपूर्ण अर्थ राख्दछ ।” दुवै नेताबीच रुस–युक्रेन युद्धका विषयमा समेत कुराकानी भएको बताउँदै प्रधानमन्त्री किशिदाले भने, अन्तर्राष्ट्रिय कानुनका आधारमा शान्तिपूर्ण समाधान खोज्नुपर्छ ।
दिल्लीमा जापानी प्रधानमन्त्री फुमियो किशिदासँगको संयुक्त वक्तव्य जारी गर्दै, प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी पाँच वर्षमा जापानले भारतमा आफ्नो लगानीको लक्ष्य छ ट्रिलियन येन वा ३=२ लाख करोड पु¥याउने बताए । “जापान भारतको सबैभन्दा ठूलो लगानीकर्ता हो । भारत–जापानले मुम्बई–अहमदाबाद हाई–स्पीड रेल कोरिडोरमा एक टोली–एक परियोजनाको रूपमा काम गरिरहेका छन्,” उनले थपे ।

प्रतिक्रिया

सम्बन्धित समाचार