चिनीयाँ टोली नेपाल भ्रमणमा शिर्ष नेताहरु संग भेटघाट तिव्र

   पुस १२, २०७७  
592 Shares

काठमाडौं, १२ पुस । नेपालमा राजनितिक शंकट गहिरिदै जाँदा उत्तरको क्षेमिकी चिनियाँ सत्तारुद्ध पार्टीका एक टोली नेपाल भ्रमणमा आएर शिर्ष नेताहरु संग भेटघाटमा व्यस्त रहेका छन् ।
शिर्ष नेताहरु एवं सरकारको प्रमुख व्यक्तिहरु संगको क्रममा अहिले केही वेर अघि चिनियाँ टोली राष्ट्रपति कार्यालय, शितलनिवास पुगेको छ ।
केहीवेरअघि चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली शितलनिवास प्रवेश गरेको हो ।
टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । आइतबार दिउँसो एयर चाइनाको विमानमार्फत उनीहरु नेपाल आएका थिए ।
राष्ट्रपति भण्डारीपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतलाई भेट्ने कार्यक्रम तय गरिएको श्रोतबाट बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै