चिनियाँ विमान दुर्घटनामा परेर १३२ यात्रुको असमायीक निधन भएकोमा भारतीय प्रधानमन्त्री मोदीले गहिरो दुख व्यक्त गरे

   ८ चैत्र २०७८, मंगलवार १४:००  

नयाँ दिल्ली । सोमबार १ सय ३२ यात्रु बोकेको चिनियाँ विमान हिमालमा खसेर दुर्घटना पछि असमायीक रुपमा यात्रुहरुको निधन भएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट मार्फत गहिरो दुख व्यक्त गर्दै गहिरो शमवेदना प्रकट गरेका छन् ।
प्रधानमन्त्री मोदीले लेखेका छन्, “चीनको गुआङ्सीमा १३२ यात्रु बोकेको यात्रुवाहक उडान एमयु ५७३५ नम्वरको विमान दुर्घटनाको बारेमा थाहा पाउँदा स्तब्ध भएको छु र गहिरो दुःखी भएको छु । हाम्रो विचार र प्रार्थनाबाट दुर्घटनाका पीडितहरू र उनीहरूका परिवारका सदस्यहरूको साथमा भारतीय सरकार र जनताहरु रहेको उनले भने ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै