पाकिस्तानमा अपहरणको विरोध गर्ने एक १८ बर्षिया हिन्दु युवतीलाई गोली हानेर हत्या

   ८ चैत्र २०७८, मंगलवार १४:०५  

लाहौर । पाकिस्तानको सिन्ध प्रान्तमा एक १८ वर्षीय हिन्दू युवतीलाई गोली हानेर हत्या गरिएको छ ।
अपहरणको विरोध गरेको १८ बर्षिया हिन्दु युवतीलाई विच सडकमा गोली हानेर हत्या गरिएको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएको हो ।
पुजा ओड भनिने युवतीलाई सुक्करको रोहीमा सडकको बीचमा गोली हानेर हत्या गरिएको बताइएको छ । प्रत्येक वर्ष, पाकिस्तानमा अल्पसंख्यक समुदायका धेरै महिलाहरूलाई धार्मिक चरमपन्थीहरूले अपहरण गरी जबरजस्ती धर्म परिवर्तन गर्ने गरेको रिपोर्टहरू सार्वजनिक हुँदै आएको छ तर त्यस्ता कार्यलाई पाकिस्तान सरकारले नियन्त्रण गर्ने खासै पहल नगरेपछि पाकिस्तानमा अल्पसंख्यक हिन्दु समुदाय विरुद्ध अन्याय एवं अत्याचारको शिकार बन्नु परेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै