सितलपुरमा २० बर्षिया संग जबरजस्ती करणी

रौतहट, ८ चैत । फतुवा बिजयपुर नगरपालिकामा २० बर्षिया विवाहिता महिला जबरजस्ती करणीको शिकार बनेकी छिन् ।
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्वर २ सितलपुर घर भएकी २० बर्षिया महिला सोमवार राति ८ बजेको समयमा शौच गर्न घर नजिकैको गहुँबाली तर्फ गएको वेला सोही गाउँका २१ बर्षिय रुपलाल पटेलले महिलाको मुख थुनेर जबरजस्ती करणी गरेको आरोप पिडिता परिवारले लगाएको हो ।
पिडिता महिला घरमा निकै कराएपनि कोही बचाउन नपुगेको पछि उनी आफै घरमा आएर सबै वृतान्त परिवारजनलाई सुनाएपछि इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियालाई खवर गरियो तर आरोपित पटेललाई पक्राउ गर्न सकिएन । राति साढे १० बजेको समयमा इलाका प्रहरी कार्यालय लक्ष्मिनियाको टोली समेत पिडक युवक पटेललाई निकै खोजी कार्य गरिको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जवरजस्ती करणीको शिकार बनेकी महिलाको स्वास्थ्य परिक्षण गौर अस्पतालमा गरिएको जानकारी दिदै रौतहट प्रहरीको प्रवक्ता एवं डिएसपी सुनिल मल्लले जबरजस्ती करणी गर्ने युवकलाई चाँडै नियन्त्रणमा लिने दाबी गर्दै घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताए ।