zoom meeting download - zoom meeting download zoom for windows 10 64 bit offline installer zoom download app for pc why is zoom not working on my hp laptop - why is zoom not working on my hp laptop zoom free download filehippo

फागुन महिनामा मधेश प्रदेशमा सवारी दुर्घटनामा परेर ४८ को मृत्यु

   ८ चैत्र २०७८, मंगलवार १६:३३  

रौतहट, ८ चैत । मधेश प्रदेशको ८ वटै जिल्लाको विभिन्न स्थानहरुमा फागुन महिनामा ६१० वटा सबारी दुर्घटना हुँदा ४८ जनाको मृत्यु भएको तथ्याँक मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले सार्वजनिक गरेको छ ।
गत फागुन महिना भरीमा मधेश प्रदेशको ८ वटै जिल्लामा ६१० सवारी दुर्घटनामा परेर ४८ जनाले ज्यान गुमाएको छ भने ९५२ जना घाईते भएको सार्वजनिक गरिएको उक्त तथ्याँकमा उल्लेख गरिएको हो ।
सबै भन्दा बढि सवारी दुर्घटना धनुषामा भएको छ र सबै भन्दा कम पर्सामा दर्घटना भएको देखिन्छ । सप्तरीमा ८४, सिरहामा ६८, धनुषामा ११९, महोत्तरीमा ७४, सर्लाहीमा १०२, रौतहटमा ७६, वारामा ६६ र पर्सामा २१ वटा गरी फागुन महिनाभरीमा ६१० वटा सवारी दुर्घटना भएको बताइएको छ ।
मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाको प्रमुख एवं एसपी नाम्टी गुरुंगले तराई टप अनलाईन संग कुरा गर्दै बस, ट्रक, टिपर, ट्रेक्टर, जिप, टेम्पु, मोटरसाइकल सहितको सवारी साधनहरु सावधानीपूर्वक नचलाउदा उक्त दुर्घटना भएको ट्राफिक प्रहरीको घटनास्थलबाट उठाइएको मुचुल्कामा देखिएको बताए । सवारी साधन चलाउदा अनिवार्य रुपमा ब्रेक, कलच र एक्सलेटर ठिक गराएर मात्रै सवारीसाधन गुडाउनु पर्ने तर कतिपय चालकहरु गरिएको लापरवाहीको कारण यस्ता सडक दुर्घटनाहरुमा वृद्धि भईरहेको जानकारी दिए ।
मधेश प्रदेशको प्रमुख राजमार्ग, ग्रामिण भेगको सडकहरुमा ट्राफिक प्रहरी परिचालन गरी दुर्घटनालाई न्यूनिकरण गर्ने कार्यमा खटिरहेको बताउदै ट्राफिक प्रहरी प्रमुख गुरुंगले ट्राफिक नियम कानुनको पूर्ण रुपमा पालना गर्न गराउन कडाईका साथ ट्राफिक प्रहरीहरु परिचालन गरिएको उनले स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै