अधिनायकवादी, सर्वसत्तावादी केपी ओलीसरकारको विरुद्धमा नेपाली काँग्रेसद्धारा रौतहट जिल्लाभरी विशाल विरोध प्रदर्शन

   १३ पुष २०७७, सोमबार १६:४६  

रौतहट, १३ पुस । संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ नेपाली काँग्रेस सोमवार रौतहट सदरमुकाम सहित जिल्लाको विभिन्न स्थानमा प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा उठाइएको असंबैधानिक कदमको विरोध प्रदर्शन गरेका छन् ।


नेपाली काँग्रेसद्धारा गौर, दुर्गा भगवतीको गंगापिपरा, कटहरिया, चन्द्रपुरमा वृहद विरोध प्रदर्शनमा उल्लेख्य संख्यामा नेता तथा कार्यकर्ताहरु सडकमा आएर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको चर्को विरोध गर्दै संघिय लोकतान्त्रिक गणतन्त्रको लागि जस्तो सुकै मूल्य चुकाउन नेपाली काँग्रेस तयार रहेको चर्का नाराबाजी गरेका हुन् ।
“ओली तेरो असंबैधानिक कदमल,े दुख पायो नेपाली साराले, अधिनायकबाद र भ्रष्ट सरकार चाहिदैन, नेपाली जनता माथि निरंकुश्ता चल्दैन, विघटन गरिएको संसद पुनरवहाली गर” जस्ता चर्का नाराबाजी आज जिल्ला भरी काँग्रेसले लगाउदै विरोध प्रदर्शन गरेका छन् । गौरमा पूर्व साँसद ब्रजकिशोर सिंह, नेपाली काँग्रेसको कोषाध्यक्ष रामश्रेष्ठ साह, सचिव, महासमिति सदस्य श्यामचन्द्र झा, देवचन्द्र मिश्र, सन्तलाल साह, सज्जन साह, भरत साह लगायतका नेता एवं सयौं कार्यकर्ताहरुले नाराबाजी गरे ।
यसैगरी क्षेत्र नम्वर १ को दुर्गा भगवतीको गंगापिपरामा नेपाली काँग्रेसको जिल्ला सभापति कृष्ण प्रसाद यादवको नेतृत्वमा गापा अध्यक्ष अरुणकुमार साह, प्रदेश साँसदको प्रत्यासी एवं युवा नेता नागेन्द्र साह, राजेश चौधरी, युवा नेता एवं समाजसेवी मोहन यादव, श्रीराम यादव लगायतका सयौं काँग्रेसी कार्यकर्ताहरु सडक संघर्षको माध्यमबाट संघिय लोकतान्त्रिक गणतन्त्रिक व्यवस्था माथि ओलीले लगाएको ग्रहणलार्ई हटाएर छाड्ने बताए ।


दुर्गा भगवतीमा विरोध प्रदर्शन गर्दै पिपरा बजारमा कोर्ण सभामा परिणत भएका थिए । दुई तिहाईको जनताको अभिमत पाएर सत्ताको उन्मादमा मातिएका केपी शर्मा ओलीले जनताको अधिकारलाई कुण्ठित गरी अधिनायकवादीलाई सघाएकोमा तिव्र रुपमा आक्रोश व्यक्त गर्दै जनविरोधी, राष्ट्रघाती, विकास विरोधी सरकारलाई पदच्यूत गरेर विधिको शासन स्थापित गर्न एक मात्र लक्ष्यका साथ नेपाली काँग्रेस सडक संघर्षमा उत्रिएको स्पष्ट पारे ।


यसैगरी क्षेत्र नम्वर ४ अन्तर्गत चन्द्रपुरमा संघिय साँसद देवप्रसाद तिमलसिना, प्रदेश साँसद धनन्द्रलाल ठोकर र चन्द्रपुर नपाको प्रमुख रामचन्द्र चौधरी सहितको नेताहरुले पार्टीको अन्तरकलहलाई समाधान पार्टी भित्र नगरी संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली मातिएको हात्ति जस्तो संज्ञा दिए । सत्ताउन्मादमा मात्तिएको सर्र्वसत्तावादबाट ओतप्रत भएका व्यक्तिलाई राष्ट्रपतिले साथ दिनु र सघाउनुबाट ठाडै संविधानको धज्जी उडाएकोमा बाध्य भएर जनताद्धारा स्थापित विधिको शासन कायमै राख्न सडक संघर्षमा उत्रिएको स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै