चीनको वेल्ट एण्ड रोड इनिसियटिभ परियोजना (बीआरआई) को सम्झौता सार्वजनिक गर्न माग गर्दै बाराको सदरमुकाम कलैयामा प्रदर्शन भएको छ। राष्ट्रिय एकता अभियानमा अवद्ध युवा तथा विद्याथीहरुले सम्झौता सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरेका हुन।
अमेरिकी अनुदान सहयोग एमसीसी संसदबाट अनुमोदन हुनु अघि नै त्यसको आधिकारीक डकुमेन्ट सार्वजनिक भएपनि विआरआईसँग सम्वन्धित सम्झौता अहिलेसम्म लुकाएर राखिएको भन्दै प्रदर्शन गरिएको हो । विआरआई अन्तर्गत तत्कालीन नेकपाले चीनसँग चर्को ब्याजदरमा ऋण लिने गोप्य सम्झौता गरेको उनीहरुले आरोप लगाएका छन् ।
प्रदर्शनमा राष्ट्रघाती बीआरआई समझौता सार्वजनिक गर, चिनियाँ विस्तारवाद बन्द गर, मिचिएको भूमि फिर्ता गर, अघोषित नाकाबन्दी खुल्ला गर, नेपाली विधार्थीहरुको पठन पाठन सूचारु गर, जस्ता नारा लगाईएको थियो। सो क्रममा राष्ट्रपति सी चीनफिङको पुतला गरिएको थियो।