कुनैपनि दल संग गठबन्धन नहुँदा एक्लै भएपनि चुनावमा जाने ः लोसपा अध्यक्ष ठाकुर

जनकपुरधाम, ९ चैत । लोकतान्त्रिक समाजवादी पार्टीले आउदो स्थानीय तहको निर्वाचनमा कसैसंग तालमेल नगरी एक्लै चुनाव लड्ने तयारीमा जुटेको छ ।
मधेश प्रदेशका जिल्लाहरुका नेता, कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष महन्थ ठाकुरले स्थानीय तहमा तालमेल गरी चुनाव लडने कुनै दलसित सहमति नभएको बताए । स्थानीय तहको निर्वाचनमा अहिलेसम्म कुनै पनि दलसँग गठबन्धन गर्ने सहमति जुटिसकेको छैनन् उनले भने । चुनावको समय नजिक आइसकेको हुँदा एक्लै भए पनि चुनावमा जानैपर्छ ।
संघीय सरकारमा सहभागिताका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गरेको उनले बताए । सरकारमा आउन प्रधानमन्त्री देउवाले आग्रह गरेका छन् उनले भने, तर मधेश आन्दोलनका कार्यकर्ताहरुमाथि लगाइएको मुद्दा खारेज हुनुपर्ने, नागरिकता विधेयक पारित गर्नुपर्ने लगायतका माग सम्बोधन भए मात्र सरकारमा जाने जवाफ दिएका छौ ।
प्रधानमन्त्रीले प्रतिनिधि सभाको आगामी बैठकमा नागरिकता सम्बन्धी विधेयक प्रस्तुत गर्ने प्रतिबद्धता जनाएको उनले बताए । प्रशिक्षण कार्यक्रममा लोसपाका वरिष्ठ नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा लगायतको सहभागिता नेता एवं कार्यकर्ताहरुको सहभागिता रहेको छ ।