नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदल यात्रीको मृत्यु

रौतहट, ११ चैत । नम्बर नखुलेको सवारी साधनबाट पुर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा पैदल हिडिरहेको एक यात्रीको ठक्करबाट मृत्यु भएको छ ।
विहिवार राति पूर्व पश्चिम राजमार्ग स्थित चन्द्रपुर नगरपालिका २ मा नम्बर नखुलेको सवारीको ठक्करबाट ६० वर्षीय पैदल यात्रीको मृत्यु भएको हो ।
राति १ बजेको समयमा नम्वर नखुलेको सवारीको ठक्करबाट गम्भीर घाइते भएका वृद्धलाई उपचारका लागि बाराको निजगढ स्थित सामुदायिक अस्पतालमा लगिएपनि उपचारको क्रममा शुक्रवार बिहान ३ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रपुरका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
ठक्कर दिई फरार भएको सवारी साधन र चालकको खोजी भइरहेको उनले बताए ।