मिटर लिएर लामो समय देखि विद्युत महसुल नतिर्ने मधेश प्रदेशको १२८३३ ग्राहक विरुद्ध कारवाही

   ११ चैत्र २०७८, शुक्रबार १६:५९  

जनकपुरधाम, ११ चैत । विद्युत प्रयोग गरेर लामो समय देखि महसुल नतिर्ने १२ हजार भन्दा बढि ग्राहकको लाईन मधेश प्रदेशमा काटिएको छ ।
मधेश प्रदेशको विद्युत प्राधिकरणको प्रादेशिक कार्यालय जनकपुरका प्रमुख इन्जिनियर मुनिन्द्र ठाकुरले प्रदेशको आठै जिल्लाको वितरण केन्द्रबाट खटिएको टोलीले चालु आर्थिक बर्षको सात महिनाको अवधीमा विद्युत महसुल तिर्न बाँकी १२ हजार ८३३ ग्राहक संग ६४ करोड ३५ लाख महसुल बक्यौता राख्ने उपभोक्ताको लाइन काटिएको हो ।
लाइन कट्टा गरिएकामध्ये नौ हजार ७१४ जनाले पुन ः लाइन जडान गरेको र त्यसबाट ४२ करोड ९२ लाख ३९ हजार १९० रुपैयाँ राजस्व संकलन भएको ठाकुरले जानकारी दिए । विद्युत मिटर लिएर बिजुली उपभोग गर्ने तर लामो समयसम्म महसुल नबुझाउने प्रवृत्ति बढेकाले विद्युत लाइन काट्ने अभियान चलाइएको उनले स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै