भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम

   ११ चैत्र २०७८, शुक्रबार १७:५८  

रौतहट, ११ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाद्धारा “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन” विषय एक दिने अन्तरक्रिया कार्यक्रम शुक्रवार गौरमा आयोजना गरियो ।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंको उपसचिव वेदप्रसाद भण्डारीले भ्रष्टाचारको नियन्त्रण गर्दै जनतालाई सुशासनको प्रत्याभुती गराउने कार्यमा राज्यले दिएको दायित्वलाई राष्ट्र सेवक कर्मचारीहरु इमान्दारीका साथ काम गुर्नपर्नेमा जोड दिदै जुनसुकै निकायमा आर्थिक अनियमितता गर्नेहरु विरुद्ध आयोग सशक्त भएर कानुनी कारवाही गर्न पछि नहट्ने विश्वास दिलाए ।


रौतहटको १८ वटा स्थानीय तह मध्ये सबै भन्दा बढि राजपुर नगरपालिकाको विरुद्धमा १०२ वटा उजुरी परेको जस मध्ये ७७ वटा फर्छयौट भईसकेर २५ वटा बाँकी रहेको उपसचिव भण्डारीले भने । सबै भन्दा कम गुजरा नपा विरुद्ध एउटा उजरी परेकोमा फर्छयौट भईसकेको जनाए ।
यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको प्रमुख अर्जुनकुमार शर्माले चालु आर्थिक बर्ष देखि रौतहट जिल्ला हेर्ने गरी अधिकार हेटौडा आयोगको कार्यालयलाई प्राप्त भएपछि को उजुरी हरु आएकोलाई गम्भीरताको साथ हेरिरहेका छौं । कतिपय गम्भीर प्रकृतिको उजुरीलाई सुक्ष्म ढंगबाट अनुसन्धान भईरहेको हुँदा अलिकति समय लागिरहेको बताउदै उनले ढिलो भएपनि बास्तविक दोषिहरुलाई कानुनको डायरामा ल्याउन आयोग सक्षम रहेको जवाफ दिए ।


सो अन्तरक्रिया कार्यक्रममा जिल्ला समनवय समितिको सभापति रामएकवाल यादव, उप सभापति रामबशिष्ट यादव, मेयर अजयकुमार गुप्ता, सन्तलाल चौधरी सहित १८ वटै पालिकाको मेयर उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही सहित सुरक्षा निकायका अधिकृतहरु, शिक्षा, वन लगायतका विभिन्न क्षेत्र संग सरोकार राख्ने सरकारी निकायका कार्यालय प्रमुख वा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै