नेपालको आन्तरिक मामिलामा चिनले हस्तक्षेप नगर्ने चिनियाँ विदेश मन्त्रालयको टिप्पणी

627 Shares

रौतहट, १३ पुस । नेपालमा राजनितिक अस्थिरता संग चार सदस्यीय चिनीया पदाधिकारीहरु हिजो देखि विभिन्न नेताहरु संग भेटघाट जारी रहेकै क्रममा चिनियाँ विदेश मन्त्रालयले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नितिप्रति आफू प्रतिबद्ध रहेको जनाइएको छ । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भनेका छन्, ‘चिनियाँ कम्युनिष्ट पार्टीले स्वायत्तता, पूर्ण समानता, पारस्परिक विश्वास र एक अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति प्रति दृढ रहेको बताइएको हो । चीनले नेपालका सबै राजनीतिक दलहरु सँग नजिकको र मित्रवत सम्बन्ध बनाएको छ र भविष्यमा कायमै रहनुपर्ने स्पष्ट पारे ।’
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपविदेशमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधि मण्डलको नेपाल भ्रमणको बारेमा सोधिएको प्रश्नमा उनले भ्रमण महामारी नियन्त्रण र अन्य चासोका विषयमा केन्द्रित रहेको बताउँदै आफूहरु हस्तक्षेप नगर्ने नीति प्रति प्रतिवद्ध रहेको बताए ।
आइतबार नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिस्ट पार्टीको टोलीले राष्ट्रपति, प्रधानमन्त्री र नेपाल कम्युनिस्ट पार्टीका नेताहरुसँग भेट गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीले पारस्परिक राजनीतिक विश्वास, व्यवहारिक सहकार्यको प्रवद्र्धधन र दुई देशको विचमा रहेको परम्परागत सम्बन्धलाई अगाडि बढाउन सकारात्मक भूमिका खेलेको समेत उनले उल्लेख गरेका छन् । उनले नेपाल र चीन सम्बन्धलाई अगाडि बढाउन नेपालका सबै राजनीतिक दलहरुसँग काम गर्न तयार रहेको समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।