स्व. उमासिंह पत्रकारिता पुरस्कारबाट विणा श्रीवास्तव सम्मानित

   ११ चैत्र २०७८, शुक्रबार १८:५१  

रौतहट, ११ चैत । रौतहटको चेली महिला पत्रकार विना श्रीवास्तव स्व. उमासिंह पत्रकारिता पुरस्कारबाट सम्मानित भएकी छिन् ।
सञ्चारिका समूहका् आठौ महाधिवेशनको २५ औं बार्षिक साधारण सभाको उवसरमा काठमाडौंको रोयल सिंगी होटलमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७६ बाट श्रीवास्तवलाई सम्मनित गरेका हुन् ।
समान्ताका लागि सञ्चार अभियान अन्तर्गत रौतहटेली चेली श्रीवास्तव सम्मानित हुनु रौतहटबासीको गौरवको विषय हो । पत्रकार श्रीवास्तवको पत्रकारिता जिवन सधै उज्जवल एवं कत्र्तव्यनिष्ठ ढंगबाट अघि बढोस तथा पत्रकारिता क्षेत्रका विभिन्न पुरस्कारबाट सम्मानित हुँदै रौतहटको नाम अझ उच्च पार्न अगामी दिनहरुमा सफलता मिलोस भन्दै तराई टप अनलाईनले बधाई तथा शुभकामना दिन चाहन्छु । अन्तमा पुन ः पुरस्कार पाउनु भएको विणा श्रीवास्तवलाई धेरै धेरै बधाई तथा शुभकामना छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै