नेपाली काग्रेस जिताउ अभियानमा घर घर जाऔ

268 Shares

विर्तामोड । घर– घर जाऔ– काङ्ग्रेस जिताऔ अभियानलाई तीब्र रुपमा संचालन गरिरहेको नेपाली कांग्रेसले शुक्रवार जिल्लाका अधिकांस वडामा वडा भेला सम्पन्न गरेको छ ।

काङ्ग्रेस केन्द्रीय समितिको सर्कुलर एवं झापा जिल्ला समितिको पत्राचार बमोजिम झापाका अधिकांश वडामा बृहत वडा भेला सम्पन्न भएका छन् ।

वडा भेलामा एमसिसी भ्रम र यथार्थ, संगठन परिचालन, काङ्ग्रेसको इतिहास, स्थानीय निर्वाचन र वडा एवं टोल समितिको भुमिका, भातृ एवं शुभेच्छुक संघसंस्था परिचालन लगायतका विषयमा चर्चा गरिएको थियोे ।
यसैबीच नेपाली काङ्ग्रेस झापा बिर्तामोड नगरपालिका वडा नम्बर– ५ को वडा भेला जिल्ला पार्टी कार्यालयमा सम्पन्न भएको छ ।

वडा सभापति दिपक मेनेङ्बोको सभापतित्व र महाधिबेसन प्रतिनिधि सीता पौडेलको प्रमुख आतिथ्यमा सप्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस झापाका सचिब कृष्ण हुमागाइले  पार्टी संगठन बलियो बनाउन टोल र वडा समितिलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस झापाका सदस्य एवं वडाका लागि जिल्ला प्रतिनिधि पुस्पलाल चौधरी, हर्कलाल गिरी, प्रेस युनियन झापाका अध्यक्ष इन्दु पुर्बेली,  ब्यवसायी ओमकृष्ण बिमली,  एबिसी नेपाल झापा संयोजक कन्चना सिटौला,  बिर्तामोड उध्योग बाणिज्य संघका सहकोषाध्यक्ष राधिका चुडाल, महिला उद्यमी पार्बता बिमलीलगायत क्षेत्रीय प्रतिनिधिहरु, टोल समितिका पदाधिकारी, सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा ११ वटा टोलका टोल संयोजकहरुले टोलमा रहेका मतसन्ख्याबारे तथ्यांक प्रस्तुत गरेका थिए । नेपाली काङ्ग्रेस झापा छेत्र नम्बर–२ प्रदेश क का सभापति लक्ष्मीप्रसाद आचार्यले औचित्यमाथी प्रकाश पार्नुभएको कार्यक्रममा स्वागत सुस्मा पौडेल र सन्चालन वडा सचिव राजेश नेपालले पार्नुभएको थियो ।

यसैगरी अर्जुनधारा नगरपालिका वडा नं–४ मा खेम काफ्लेको सभापतित्वमा बृहद वडा भेला सम्पन्न भएको छ । कार्यक्रममा वडाका लागि जिल्ला प्रतिनिधि एवं नेपाली कांग्रेस झापाका सविच कृष्ण हुमागाईले पार्टी संगठन निर्माण र स्थानीय निर्वाचनमा टोल एवं वडा समितिको भूमिका,  एमसिसि भ्रम र यथार्थ लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । केदार खड्काले स्वागत र सुनिल वि.कले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

यसैगरी मेचीनगर–६ मा आयोजित वडा भेला नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । पारस सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाका लागि जिल्ला प्रतिनिधि निरज घिमिरेले पार्टी संगठन, एमसिसि लगायतका विषयमा बोल्नुभएको थियो । यसैगरी मेचीनगर–२ का सभापति नगेन्द्रप्रसाद रिजालको सभापतित्व एवं जिल्ला उपसभापति केशवराज पाण्डेको प्रमुख आतिथ्यमा वडा भेला सम्पन्न भएको छ ।

अधिकांश वडा भेलामा स्थानीय तहको चुनाव, वडा एवं टोल समितिको सक्रियता, भातृ एवं शुभेच्छुक संस्था परिचालन लगायतका विषयमा छलफल र अन्तरक्रिया भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।