संघिय साँसद प्रमोद साह माथि साँघातिक आक्रमण, उपचारको लागि काठमाडौ लगियो

   १२ चैत्र २०७८, शनिबार १३:०६  

सर्लाही, १२ चैत । सर्लाहीको इश्वरपुर नगरपालिकामा बाटो बनाउने विषयलाई लिएर शनिवार विहान भएको दुई पक्षिय झड्पमा परेर संघीय साँसद प्रमोद साह सहित दुई जना गम्भीर घाईते भएको छ ।
इश्वरपुर नगरपालिका अन्तर्गत पर्ने फुलजोर त्रिभुवननगर सडक खण्ड विस्तारको क्रममा बयलवास बजार स्थित फुलजोड युवा क्लवको जिर्ण भवनले बाटोलाई अप्ठ्यारो भईरहदा अन्यत्र क्लवको भवन बनाइदिने भन्दा समेत स्थानीय युवाहरु नमानी झड्पमा उत्रिएका थिए ।
आज विहान ८.३० बजेको समयमा भएको झड्पमा परेर संघिय साँसद साह र उनलाई बचाउने क्रममा उनको अंगरक्षक घाईते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । संघिय संसद साहकोमा ढुंगा र रडले प्रहार गर्दा गम्भिर घाइते भएका छन् । टाउकोमा गम्भिर चोट लागेको साहको सामान्य उपचार पछि थप उपचारकालाई सिम्रिक एयरको हेलिकप्टरबाट काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रवक्ता एवं डिएसपी माधव बुढाथोकीले बताए ।


जनता समाजवादी पार्टीको प्रवक्ता समेत रहेका संसद साह पक्षले बाटो कायम हुनुपर्ने अडानमा थिए भने अर्को पक्षले क्लवकै भवन बन्नु पर्ने अडान राख्दै आएका थिए । दुई पक्षबीच मतान्तर बढेपछि केहीबेर ढुंगा हानाहान हुँदै झड्पमा परिणत भएका थिए । क्लवको समर्थनमा रहेका युवा एवं स्थानीयहरुले इश्वरपुर नगरपालिकाको मेयर चढ्ने जिप, जेसिभी मेशिन र साँसद साहको जिपलाई तोडफोड गरी क्षति पुर्याएको डिएसपी बुढाथोकीले जानकारी दिए ।
घटना भएको केही बेरमै घटनास्थलमा प्रहरीको थप मद्दत पुगेपछि स्थानीयहरु तितरवितर भएका थिए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । अनुसन्धानको क्रममा दोषि पाइने कसैलाई पनि नछाडिने प्रवक्ता बुढाथोकीले स्पष्ट ।

यसबिषयमा इश्वपुर नगरपालिकाको मेयर देवकोटाले साँसद साहको आफन्तको घर नालामा पर्ने भएपछि हुलाकी सडकको नाला बनाउन नदिने भन्दै सयौंको संख्यामा भाटा र हतियार लिएर आएपछि उनीहरु आक्रमणमा उत्रिएपछि दुई पक्षिय झड्प भएको बताए । आफूलाई हत्या गर्ने मनसायबाट साँसद साह आएको बताउदै मेयर धन्नै घरमा भागेर ज्यान जोगाएको तराई टप संग भने ।
साँसद साह अनावश्यक गालीग्लौज गर्दै जाँदा उनकै कार्यकर्ताहरुले आक्रमण गरेर घाइते बनाएको दाबी गर्दै हाम्रो समर्थकहरुले केही नगरेको स्पष्ट पारे । झड्प भएको स्थानमा केही नभएको समेत उनले दाबी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै