रौतहट, १४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा संसद विघटन गरेर असंबैधानिक कदम उठाएको विरुद्धमा उनका आफनै दल नेकपा प्रचण्ड माधव समुहद्धारा मंगलवार गौरमा विशाल जुलुश प्रदर्शन गरेका छन् ।
नेकपाका केन्द्रीय नेता मातृका प्रसाद यादवको नेतृत्वमा रौतहट सदरमुकाम गौरको एतिहासिक राइस मिल्सको ग्राउण्डबाट केपीको असंवैधानिक कदमबाट मुलुकमा उत्पन्न गतिरोधको चर्को आलोचना गर्दै विशाल जुलुश प्रदर्शन गरिएका हुन् ।
केन्द्रीय नेता यादवको नेतृत्वमा निस्केको विरोध प्रदर्शन जुलुशमा प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध चर्का नारावाजी गर्दै गौर नगरमा नेकपाको प्रचण्ड र माधव समुहले ठूलो शक्ति प्रर्दशन गरेका छन् । जुलुश प्रदर्शन पश्चात विपी चोकमा विरोध सभामा परिणत भएका थिए । विरोध सभालाई सम्बोधन गर्दै नेकपाको नेता एवं पूर्व मन्त्री समेत रहिसक्नु भएका मातृका यादवले केपी ओली प्रतिगमनकारीको मुखिया एवं सरकादर रहेको संज्ञा दिए । ओली कुनैपनि हालतमा कम्युनिष्ट हुनै सक्दैन अभिव्यक्ति दिदै कम्युनिष्टको खोल ओढेर छेपारोको काम गरी कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने खेलमा लागेको आरोप लगाए ।
प्रधानमन्त्री बने देखि नै भ्रष्टाचारी, बलात्कारीको सरदार बनेको तथा उनका मतियारहरुद्धारा पछि पछि सघाउने कार्य मात्रै गरिदै आएकोमा पार्टी भित्र आलोचना खेप्न नसकी संसदलाई नै विघटन गरी नयाँ जनादेशमा जाने नाटक मंचन गरेका ओलीको सपना कहिल्यै पुरा नहुने विश्वास व्यक्त गरे ।
ओलीको नेतृत्वमा देश सुम्पीनु नै सबैभन्दा ठूलो भुल भएको हुनाले नेकपाको शिर्ष नेताहरु आन्तरिक रुपमा एक पटक समिक्षा गर्नुपर्ने नितान्त अपरिहार्य रहेको जिकर गर्दै नेता यादवले केपी ओलीको एक कदमबाट हजारौं हजार सहिदको खुनबाट सिंचिएर प्राप्त भएको उपलब्धीहरु गुम्ने अवस्थामा पुगेको आशंका व्यक्त गरे । अधिनायकबादी वर्तमान सकारको यस्तै रबैया रहयो भने संघिय लोकतान्त्रि गणतन्त्र समाप्त पर्ने गम्भीर षड्यन्त्रमा लागेको हुँदा ति सबै उपलब्धीको रक्षार्थ एक मात्र संसद पुनस्र्थापनाको कुनै विकल्प नरहेको प्रष्ट पारे ।
“नेपालको पछिल्लो राजनितिमा उत्तर क्षिमेकीको चलखेल बढेको प्रश्नको जवाफमा उनले बाहिर हस्तक्षेपबाट कुनै फरक पर्दैन तर हामी आन्तरिक कलहबाट बाहिरी शक्तिलमाई चलखेल गर्न मौका दिएका छौं उनले भने । चाईनाको धारण नेपालमा कम्युनिष्टहरु एक ढिक्का भएर रहनु तर नेपालको कम्युनिष्टलाई एक ढिक्का हुन नदिने भारतको चाहनाको शिकार नेपालको पछिल्लो राजनितिक अवस्थाले देखा परेको सर्वविदितै रहेको तराई टप संग कुरा गर्दै स्वीकारे ।”
“कस्को डिजाइनमा तत्कालिन माओवादी र नेकपा एमाले एक जुट भएको भने प्रश्नको जवाफमा नेता मातृकाले प्रचण्डजीको चाहना नेपालमा छरिएर रहेको कम्युनिष्ट पार्टीहरुलाई एकजुट बनाएर अघि बढ्ने सपना थिए, प्रचण्ड र केपी मेलेर त्यो सपना पुरा पनि पुरा गरे, उक्त एकता माथि कुठाराघात केपीले गर्दै अधिनायकबादलाई सघाउने निरंकुश भन्दै कम्युनिष्टको खोल ओढेर ब्वासो रहेको प्रचण्ड पहिचान गर्न सकिएन सोको परिणाम मुलुक यो अवस्थामा आइपुगेको बताए ।”
“तराई टपको अर्को प्रश्नको जवाफमा नेता यादवले एमसिसिको पक्ष लिएर अहिले भईरहेको गतिविधिबाट प्रष्ट हुन्छ कसैको छहारीमा गएर नेपाल स्वतन्त्र रहन सक्दैन चाहे जुनसुकै विदेशी राष्ट्र किन नहोस त्यसबारे नेपाली राजनेताहरु एक पटक सोच्नुपर्ने सुझाव उनले दिए ।” “३० बर्ष अघिको जनता अहिले छैन, लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा सक्रिय भईसकेको जनता माथि बलजफ्ती निरंकुश्ता लाद्न खोजिए ठूलो दुर्घटना हुन सक्छ त्यसैले सबै पक्ष मिली सडक संघर्षको माध्यमबाट संसद पुनस्र्थापना गराएर नेपाललाई नयाँ दिशामा अघि बढाउनुपर्ने उनको कथन छ ।
जनताको प्राप्त उपलब्धीलाई रक्षा गर्दै जनताको शक्तिको केन्द्र मानिएका संसद पुर्नस्थापना गराउनमा नेकपा संगै नेपाली काँग्रेस र मधेशवादीहरु संयुक्त रुपमा सडक संघर्षमा लाग्नुपर्ने विचार राख्दै उनले नेपाली काँग्रेसको एक पक्षको भनाईबाट संघिय लोकतान्त्रिक व्यवस्था माथि शंकाको बादल मडारिरहेको महसुस नेकपा नेता यादवले गरे । जनताहरु सडक संघर्षको माध्यमबाट संसद पुनस्थापना गरी केपी ओलीलाई अधिनायकवाद बन्नु नै एक मात्रै बाटो रहेको जिकिर गरे ।
विरोध सभामा पुर्व साँसदहरु रामकुमार भटराई, सरला यादव, सत्यनारायण भगत, अशोक जयसवाल, युवा नेता युवराज भटराई, शम्भु साह, जिल्ला अध्यक्ष कमल राय यादव, धर्मेन्द्र कुमार झा (डिके झा), शम्भु सिंह, रौशन झा, सहितका सयौं नेता एवं कार्यकर्ताहरुद्धारा आफनै सरकारको मुखिया विरुद्ध चर्को नारावाजी गरिएको थियो ।