चिनियाँ विदेश मन्त्री यीले नेपाल संग काठमाडौंमा गरे ९ बुंदे सम्झौता

   १२ चैत्र २०७८, शनिबार १८:५५  

काठमाडौं, १२ चैत । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा नेपाल र चीनबीच नौबुँदे समझदारी भएको छ । नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री यी को उपस्थितिमा शनिबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपाल र चीनबीच नौबुँदे समझदारी भएको हो ।

समझदारीअघि परराष्ट्र मन्त्रीस्तरमा र  प्रतिनिधिमण्डलस्तरमा पनि छलफल भएको थियो ।

चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नेछन् । शुक्रबार नेपाल आएका विदेशमन्त्री यी आइतबार स्वदेश फर्किनेछन् ।

९ बुंदे सम्झौतामा के के छ
आज हस्ताक्षर भएका सम्झौतामा आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी सम्झौता, चीन–नेपाल क्रस बोर्डर रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि चिनियाँ सहायता, ऊर्जा तथा जलस्रोत क्षेत्रमा सहयोग सम्झौता (चीन–नेपाल पावर ग्रिड इन्टरकनेक्शनको सम्भाव्यता अध्ययन), भन्सारको सामान्य प्रशासन सम्बन्धी प्रोटोकल (नेपालबाट चीनमा सुरक्षित तवरमा हेलेज निर्यात), भन्सार छुट गराउने सम्बन्धी एक्सचेन्ज पत्रमा हस्ताक्षर, अरनिको राजमार्ग मर्मतसम्भार परियोजनाको हस्तान्तरण, रेल क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने, चीनको नेशनल रेलवे प्रशासनले नेपालको रेल क्षेत्रमा सहयोग बढाउने र नेपाललाई कोभिड–१९ खोप वितरण र स्वीकृति प्रमाणपत्रमा हस्ताक्षर रहेका छन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै