तालिवानलाई मजबुत बनाउनमा पाकिस्तानको मद्दत

   १३ चैत्र २०७८, आईतवार ०९:०२  

अफगानिस्तानमा तालीवान राज्य सत्ता स्थापित हुंदै जांदा त्यहां मानवीय संकट झन् झन् कठिन अवस्थामा पुगिरहेको छ । काबुलमा भएको सत्ता परिर्वतन संंग  पाकिस्तान र चिनले आफु अनुकुल रणनिती बनाउन लागेका छन् । बेईजिङ्ग देखि ईस्लामवाद सम्म् तालीवानका कुटनैतिक भेटघाटहरु भईरहेका छन् ।

तालीवानको उदय संगै दक्षिण एसियाको क्षेत्रिय सुरक्षामा चासो बढीरहेको बेला चिन र पाकिस्तानले आफु अनुकुल रणनिती बनाउन थालेपछी यसले दक्षिण एसियाको सुरक्षामा कस्तो असर पार्छ भन्ने कुरामा गम्भिर प्रश्नहरु खडा भएका छन् । त्यस संग संगै गत अगष्ट ३१ मा काबुल विमानस्थल बाहिर भएका २ वटा बम आक्रमणले चाही अफगानिस्तान भित्रैका विद्रोही समुहहरुले तालीवानको शासनलाई कसरी लिईरहेका छन् भन्ने देखाउंछ । नर्दन एलार्यन्स र आई.एस. आई के तालीवानको टाउको दुखाईको विषय छ । यसले अफगानिस्तानमा तालीवान सरकारको सत्ता संचालनलाई त्यति सहज रुपले स्वीकार गरिरहेको छैन ।

अफगानिस्तानमा सत्ता परिर्वतन संगै आफ्नो अनुकुल रणनिती बनाउन लागेका चिन र पाकिस्तान भने तालीवान सरकार संग पुर्ण विश्वासको साथ हात मिलाएर अघी बढेको छ । तालीवानलाई साथ र सहयोग गर्नुमा दुवै मुलुकको आफ्नै रणनितीक स्वार्थ रहेको छ । यस अर्थमा पनि चिन र पाकिस्तान अफगानिस्तानमा तालीवान सरकार चाहान्छ ।

अफगानिस्तानबाट सबैभन्दा बढी फाईदा लिने भनेकै पाकिस्तानले हो । अफगानिस्तानसंग २४०० किलोमिटर सिमा जोडिएको पाकिस्तानले १४ लाख भन्दा बढी अफगानिस्तानलाई पाकिस्तानमा बसोबास गर्न दिइरहेको छ । ती मध्ये लाखौं तालीवान समर्थित लडाकुहरु पनि रहेका छन् । तालीवानको उदय पनि उतरी पाकिस्तानमै भएको थियो । यसर्थ पनि अफगानिस्तानमा तालीवान शासनले पाकिस्तानलाई प्रभाव पार्छ । ईस्लामवाद नै सम्भवत तालीवान संग नजिकको सम्बन्ध भएको राजधानि हो । पस्तो भासामा विधार्थीहरु बुझिने तालीवानका कयौं नेता तथा संस्थापकहरुले पाकिस्तानि मदरसामा अध्धयन गरेका थिए ।

२० वर्षे युद्धमा पनि तालीवानको लागि पाकिस्तानले आफ्नो भुमिलाई भरपुर उपयोग गर्न दिएको थियो । तालीवानलाई पाकिस्तानले भुमिगत शैलिमा जहिले सहयोग गरिरहेको छ  जसले १९९० मा तालीवानले अफगानिस्तानमा सरकार गठन गर्दा पहिलो पटक उसैले मान्यता दिएको थियो र अहिले पनि सबै भन्दा अगाडी उसैले मान्यता दिएको छ । पाकिस्तानले भारत संगको प्रतिस्पर्धाको द्धष्टिकोणले अफगानिस्तानमा तालीवानलाई हेरिरहेको छ । अफगानिस्तानमा तालीवान सत्ता आउनु भनेको त्यहां भारतिय प्रभाव कम हुनु हो भन्ने गलत मानसिकता बोकेको छ । यहि क्षिण मानसिकता बाट पाकिस्तान ग्रसित बनेको छ ।

तालीवान सत्तामा आए संगै पाकिस्तान पनि आफ्नो प्रभुत्व बढाउन सकिने आशामा छ । भु –परिवेष्ठित अफगानिस्तानमा अधिकांश खाध्यान्न, तरकारी, सिमेन्ट र निर्माण सामाग्री पाकिस्तान हुंदै भित्रिने गरेको छ । अफगानिस्तानलाई पुल बनाएर आफ्नो अर्थतन्त्रलाई अझ सुदुढ बनाउन पाकिस्तान अरु मध्य एसियाली देश सम्म आफ्नो पहुंच विस्तार गन चाहिरहेको छ । आर्थिक परनिर्भरताको कारण र दक्षिण एसियामा आफ्नो शक्ति सन्तुलनलाई स्थिर राख्न पनि पाकिस्तान तालीवान संग सुरक्षा सहित धेरै विषयमा सहकार्य गर्न तयार रहेको छ र तालीवान सत्ता पनि त्यही चाही रहेको छ । अव यो पाकिस्तानको लागि रणनितिक महत्वको विषय वनिसकेको छ । यि दुई विचको घनिष्ठताले फेरी दक्षिण एसियाली क्षेत्रिय सुरक्षामा गम्भिर प्रश्नहरु खडा गरेको छ । फेरी कालान्तरमा पाकिस्तान र अफगानिस्तानको भुमिबाट सम्पुर्ण दक्षिण एसियाली क्षेत्रमा सुरक्षाको गम्भिर चुनौतीहरु थपिने कुरामा विज्ञहरुले चासो दिन थालेको छन् ।

पाकिस्तानकै साथ र सहयोगमा फेरी अफगानिस्तानमा नयां अतिवादीहरुको उर्वरभुमि हुन सक्ने र त्यसबाट फेरी एकपटक समग्र क्षेत्रिय सुरक्षामा नै असर पर्न सक्ने अवस्था पनि जिवित नै छ ।गत केही महिना अगाडी काबुल विमानस्थलमा भएको आक्रमणले तालीवानको उदयले क्षेत्रिय सरकारले मात्र नभई विद्रोही समुहहरु विच समेत प्रभाव पार्ने देखिन्छ । यसबाट के देखाउंछ भने फेरी अफगानिस्तानमा अलकायदाको पुर्नगठनको समेत ठुलो  खतरा रहेको छ । तालीवानको अफगानिस्तान विजय अलकायदाको समुहको लागि फेरी आतंकवादी विउ रोप्नको लागि अर्को मौका हुन सक्ने चुनौतीहरु थपिएका छन् ।

अफगानिस्तानमा अतिवादी समुहहरुले चलाएका सामाजिक सन्जालहरुमा मात्रै नभई उनिहरुका आधिकारिक वक्तव्यहरुमा पनि तालीवानको विजयमा खुसी व्यक्त गरिएका थिए । यस बाट पनि के थाहा हुन्छ भने अफगानिस्तानको भुमि प्रयोग गरेर फेरी समग्र दक्षिण एसियाको क्षेत्रिय सुरक्षामा आतंकवादको खतरा अझै जिवित नै रहेको छ । तालीवान को सत्ता प्रान्तिले धेरै ईस्लामिक अतिवादी संगठनहरुलाइ दक्षिण एसियामा खेल्न प्रेरित गर्न सक्ने  खतरा बढेर गएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै