स्थानीय तह निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम सार्वजनिक

   १३ चैत्र २०७८, आईतवार १५:४३  

रौतहट, १३ चैत । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम तोकेर सार्वजनिक गरेको छ ।
वैशाख ३० गते शुक्रवार हुने स्थानीय तह निर्वाचन गराउने प्रयोजनका लागि छनोट भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम आयोगले सार्वजनिक गरेको हो ।
स्थानीय तह निर्वाचनका लागि जिल्ला न्यायाधीश र राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई यही चैत २९ देखि लागु हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरिने आयोगद्धारा प्रेसित सूचनामा उल्लेख गरिएका छन् ।


रौतहटको १८ वटा स्थानीय तहका लागि पनि आयोगले निर्वाचन अधिकृतको नाम सार्वजनिक गरेको हो । जिल्ला सदरमुकाम गौरको निर्वाचन अधिकृतको रुपमा जिल्ला न्यायाधिश काजीबहादुर राईलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको आयोगले जनाएका छन् ।
यस्तै, श्रेष्तेदार शुशिलकुमार यादव गारुडा, उपसचिव संघिय मामिला धर्मानन्द जोशी चन्द्रपुर, प्रमुख मालपोत अधिकृत रामकृष्ण उप्रेती इशनाथ, शिक्षा विकास निर्देशनालका चन्द्रप्रसाद लुइटेललाई कटहरिया, उपरष्टिार सर्वोच्च अदालत रामानन्द प्रसाद अधिकारी गढीमाई, उपसचिव खानी तथा भुगर्व विभाग ओमप्रकाश बराल गुजरा नगरपालिकाको निर्वाचन अधिकृतमा चयन गरिएको छ ।
यसैगरी निर्वाचन अधिकृतमा उपसचिव सडक विभाग दिनेश रेग्मी दुर्गा भगवती, उपसचिव उद्योग वाणिज्य मन्त्रालय वागमती प्रदेश मेघनाथ रिजाल देवाही गोनाही, उपसचिव कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय राजाराम दहाल परोहा, उपरजिष्टार सर्वोच्च अदालत शिवप्रसाद पराजुली फतुवा विजयपुर, इजलास अधिकृत सर्वोच्च अदालत गुणराज पराजुली बौधीमाई, जिल्ला न्यायाधिवक्ता रौतहट उदयचन्द्र अधिकारी माधवनारायण, इजलाश अधिकृत सर्वेच्च अदालत डल्लुराम चौधरी मौलापुर, उपसचिव सतर्कता केन्द्र हरी प्रसाद शर्मा यमुनामाई, उपसचिव शिक्षा विकास समन्वय इकाई रौतहट रामविनय सिंह राजदेवी, उपसचिव मुस्लिम आयोग सुनिल निरौला राजपुर र उपसचिव वन मन्त्रालय उमेशराज रिमाल वृन्दावन नगरपालिकामा निर्वाचन गराउने जिम्मेवारी तोकिएको छ ।
आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा छनोट भएकालाई निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गर्ने छ । निर्वाचन अधिकृत भन्नाले निर्वाचनको कामका लागि आयोगले नियुक्ति गरेको मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत समेतलाई जनाउँछ ।
स्थानीय तह निर्वाचनका लागि न्याय परिषद्को परामर्शमा जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवाका कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गर्ने व्यवस्था छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै